back
NMB ad

कोलोराडोमा बौद्ध समाज गठन

Kumari bank ad

नातिबाबु भट्ट

कोलोराडो (अमेरीका) । कोलोराडोमा आईतबार आयोजित एक भेलाले बौद्ध समाज कोलोराडो बिधिवत् रुपमा गठन गरेको छ ।
वेष्टमिनिष्टर स्थित याक एण्ड यती रेष्टुरेण्टमा अरुणकुमार गुरुङको प्रमुख आतिथ्यता तथा स्थानिय संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, बुद्धिजिवी, पत्रकारहरुको उपस्थितीमा बौद्ध समाज कोलोराडो गठन गरिएको हो ।
बुद्धको जन्म भुमी नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा बुद्धको शान्ति सन्देश संसार भर फैलाउन बौद्ध धर्मालम्बी एक जुट हुनुपर्ने आवस्यकता महसुस भएकोले संस्था गठन गरिएको बताइएको छ ।
नव गठित बौद्ध समाजको अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सचिव र सःहसचिवमा क्रमशः अक्कल तमाङ, सोनाम शेर्पा, पासाङ शेर्पा, सन्दिप लामा र संजय शाक्य रहेका छन् । यसैगरी कार्य समितीका सदस्यहरुमा जगमाया तमाङ, राजसिह गुरुङ, कर्म शेर्पा, पार्वती गुरुङ, पासाङ शेर्पा, देबी गुरुङ र धनराज गुरुङ रहेका छन् ।
त्यसैगरि भेलाले ३ सदस्सिय सल्लाहकार समिती र ३ जना लामाहरु पनि चयन गरेको छ । यसरी चयन गरिएको सल्लाहकारहरुमा मेजर लाक्पा शेर्पा, पूर्णबहादुर गुरुङ र अरुणकुमार गुरुङ रहेका छन् । त्यस्तै लामाहरुमा ज्ञान दोर्जे, सोनाम शेर्पा, पेमा दोर्जे रहेका छन् ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथी तथा अतिथीहरुले सुभकामना मन्तब्य दिदै नव गठित संस्थाले शान्तिका दुत गौतम बुद्धको अहिंसा र शान्ति मुल संन्देश संसार भर फैलाउन सकोस भन्दै, आजको बिश्वमा यसको टडकारो आवस्यकता रहेको बताएका छन् ।
यसरी सुभकामना मन्तब्य दिनेहरुमा प्रमुख अतिथी अरुणकुमार गुरुङ, तमुधि कोलोराडोका अध्यक्ष चन्द्रमान गुरुङ, रकी माउण्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष बिनोद त्रीपाठी, अन्तराष्ट्रिय साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम बिक, नेपाली घरका उपाध्यक्ष नातिबाबु भट्ट, हिमालयज लायन्स क्लव लङमन्टका उपाध्यक्ष एबं यूएस नेपाल न्यूजका बिकल पराजुली लगायतका अथितीहरु रहेका थिए ।
अन्त्यमा समारोहका सभापती अक्कल तमाङले कार्यक्रममा उपस्थित भई सफलताका साथ सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै बुद्धको जन्म भूमि नेपालनै हो भन्ने विश्वलाई चिनाउन तथा बुद्धको शान्ति सन्देश संसार भर फैलाउन सबैको साथ र सहयोगको खांचो रहेको बताएका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७४

वि.सं.२०७४ मंसिर १८ सोमवार २२:११ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...