back
NMB ad

बूढीगण्डकीका लागि ११ अर्ब संकलन

Kumari bank ad

काठमाडौ । नेपाल आयल निगमले बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माण गर्न इन्धन बिक्रीबाटै झन्डै ११ अर्ब रुपैयाँ संकलन गरेको छ । निगमले १३ महिनाभित्र डिजेल, पेट्रोल र हवाई इन्धनबाट प्रतिलिटर पाँच रुपैयाँका दरले सो रकम संकलन गरेको हो ।

सरकारले प्रत्येक महिना भन्सार बिन्दुबाट उपभोक्तालाई अतिरिक्त असर नपर्ने गरी रकम संकलन गर्दै आएको छ । निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले बूढीगण्डकी आयोजनाको पूर्वाधार निर्माणका लागि १५ असारसम्म १० अर्ब ६६ करोड रुपैयाँ संकलन गरिसकेको जानकारी दिए ।

“उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी भन्सार नाकामा संकलन गरिएको रकम सरकारको खातामा जम्मा भएको छ,” उनले भने, “गत आर्थिक वर्षमा १ अर्ब १६ करोड र चालू आर्थिक वर्षको १५ असारसम्म १० अर्ब ६६ करोड संकलन भएको छ ।”

सरकारले गत आर्थिक वर्षको बजेट भाषणमा ७ अर्ब रुपैयाँ उठाउने लक्ष्यसहित इन्धनमा कर लगाउने घोषणा गरेको थियो । सोहीअनुसार निगमले १३ महिनामै लक्ष्यभन्दा बढी रकम संकलन गर्न सफल भएको हो । निगमले प्रत्येक महिनामा इन्धनबाट ७० देखि ८० करोडका दरले रकम संकलन गर्दै आएको छ ।

१२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माण गर्न प्रत्येक महिना भन्सार नाकाबाट रकम संकलन गरिँदै आएको छ । बूढीगण्डकी स्वदेशी लगानीमा निर्माण गर्ने भनिए पनि हालै सरकारले चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा दिएको छ ।
इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्याक्ट विथ फाइनान्स ९ईपीसीएफ० मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड ९सीजीजीसी० ले जिम्मा पाएको छ ।

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चीनीका कम्पनीलाई दिए पनि प्रभावितलाई मुआब्जा वितरण गर्न बाँकी रहेकाले इन्धनबाट शुल्क संकलन गरिरहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गतको उपसमितिले उपभोक्ताबाट संकलित रकम खर्च नगरिएको भन्दै जुन शीर्षकका लागि संकलन हो सोही शीर्षकमा खर्च गर्न निर्देशन दिएको थियो ।कारोबार दैनिकबाट

प्रकाशित मितिः२०७४ असार २३

वि.सं.२०७४ असार २८ बुधवार १७:३६ मा प्रकाशित

You can share this post!

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...

नेपाल-कतार द्विपक्षीय वार्ताः नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह   

नेपाल-कतार द्विपक्षीय वार्ताः नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३०

काठमाडौँ, १२ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच...

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी   

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:२५

काठमाडौँ, १२ वैशाखः नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार,...

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ सुरु   

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ सुरु   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:१८

काठमाडौँ, १२ वैशाख : काठमाडौँ–विद्युतीय सवारी (इभी) र्यालीसँगै हिमालयन हाइड्रो...