back
NMB ad

बुढीगण्डकी प्रभावितले मुआब्जा पाउन थाले, रोपनीको ८ लाख ३५ हजारसम्म

Kumari bank ad

काठमाण्डौं । बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिले आयोजना प्रभावितहरुलाई मुआब्जा लिन डाकेको छ। आयोजनाले धादिङका १३ गाविसका प्रभावित वासिन्दालाई मुआब्जा वितरण गर्न लागेको हो।

पहिलो चरणमा सलाङ, मैदी र खरी गाविसका वासिन्दालाई मुआब्जा लिन बोलाएको हो। बाक्लो बस्ती र मुल मोटरवाटोसँग जोडिएका जग्गाको मूल्यांकन प्रति रोपनी ८ लाख ३५ हजार रुपैयाँ गरिएको छ। मोटरबाटोसँग जोडिएका जग्गाहरुको मूल्यांकन ८ लाख चार हजार रुपैयाँ गरिएको छ।

अन्य घरवस्ती क्षेत्र र सहायक मोटर बाटोमा पर्ने जग्गाधनीले प्रति रोपनी ७ लाख ७३ हजार रुपैयाँ पाउने छन्। अब्बल खेतको सात लाख ४२ हजार, दोयम खेतको सात लाख ११ हजार, सीम खेतको ६ लाख ८० हजार र चाहार खेतको ६ लाख ४९ हजार रुपैयाँका दरले मुआब्जा वितरण गरिने छ।

आयोजनाले अब्ल बारीका लागि ६ लाख १८ हजार, दोयम बारीको ५ लाख ७८ हजार, सीम बारीको ५ लाख ५६ हजार र चाहार बारीको ५ लाख २५ हजार रुपैयाँ मूल्यांकन गरेको छ। पाँच रोपनीसम्म जग्गा भएकाहरु पुरै विस्थापित भएमा १५ प्रतिशत वढि रकम पाउने छन्। १० रोपनीसम्म जग्गा हुनेहरु पुरै विस्थापित भएमा थप १० प्रतिशत रकम पाउने छन्।

आयोजनाले मुआब्जाका लागि घर, खेत, रुख विरुवालगायत ११ वटा वर्गीकरण गरी पैसा उपलब्ध गराउन लागेको हो।

२१ पुस २०७३, १२।००

वि.सं.२०७३ पुस २१ बिहीवार १२:४५ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...