back
NMB ad

भैंसी जोगाउनका लागि भैंसीे सरक्षंणमा समूह गठन

Kumari bank ad

डडेल्धुरा । लोप हुन लागेको गद्धी भैँसी संरक्षणका लागि जिल्लाको अशिग्रामका किसान सक्रिय भएका छन् ।

गाउँमा गद्धी भैँसी संरक्षण समूह बनाएर स्थानीयले सक्रियता बढाएका हुन् । अशिग्राम गाउँमा किसानले ४०० भन्दा बढी गद्धी भैँसी पालनपोषण गर्दैआएका छन् । जिल्ला पशुसेवा कार्यालयको प्राविधिक तथा आर्थिक सहयोगमा समूह गठन गरी उनीहरु भैँसीको सरक्षंणमा लागेका हुन् ।

दैनिक १५ देखि २० लिटरसम्म दूध दिने गद्धी भैँसी सरंक्षण गर्न अशिग्राममा महाभारत दुग्ध सहकारी संस्था र निरपाल गद्धी भँैसी सरंक्षण समूह साउखर्क लागि परेका हुन् ।

अन्य भैँसीको तुलनामा ठूलो हुने भएकाले यो भैँसीको नाम गद्धी राखिएको हुनसक्ने बूढापाकाको भनाइ छ । जुनसुकै ठाउँमा सजिलैसँग चरिचरन गर्नसक्ने तथा भिरपाखामा सहजै उक्लन र ओरल्न सक्ने भएकाले यो भैँसीलाई पालन पोषणका लागि सजिलो मानिन्छ ।

अन्य भैँसीको तुलनामा यसले दूध धेरै दिन्छ । एक किलो दूध रु ४० मा बिक्री हुने गरेको छ भने घ्यूको मूल्य प्रतिकिलो रु ५५० पर्छ । व्यावसायिक रुपमा दूध घ्यू बेच्ने किसानका लागि भैँसी आम्दानीको राम्रो स्रोत मानिए पनि पछिल्लो समयमा मासु प्रयोजनका लागि बाहिरी जिल्ला निकासा हुन थालेपछि सबैखाले भैँसीका जात लोप हँुदै गइरहेका छन् ।

५ जेठ २०७३, ८।००

वि.सं.२०७३ जेठ ५ बुधवार १३:२२ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...