back
NMB ad

कृषकद्वारा आलुको बीउ भण्डारण भवन निर्माण

Kumari bank ad

म्याग्दी । बेनी नगरपालिका–३ मुसुङका कृषकले आलुको बीउ भण्डारण भवन निर्माण गरेका छन् । जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा सिर्जना बीउ आलु उत्पादन कृषक समूहमा आबद्ध कृषकले भवन निर्माण गरेका हुन् ।
रु ६ लाखको लागतमा निर्माण भएको सो भवनको भण्डारण क्षमता दश मेट्रिक टन रहेको समूहका अध्यक्ष नरबहादुर मगरले जानकारी दिए ।

कृषि कार्यालयको रु २ लाख ६१ हजार अनुदान तथा कृषकको रु तीन लाख ३९ हजार बराबरको श्रमदानमा भवन निर्माण भएको हो । भवन निर्माण गर्न ६० घरधुरीका कृषकले छ दिनका दरले श्रमदान गरेका थिए ।

कृषकलाई गुणस्तरीय आलुको बीउ उपलब्ध गराउने र गाउँ बाहिर बीउ निकासी गरेर आम्दानी बढाउने उद्देश्यले भवन निर्माण गरिएको अध्यक्ष मगरले बताए । यसअघि मुसुङका कृषकले सदरमुकाम बेनीबाट आलुको बीउ लैजाने गरेका थिए ।

आलुको गुणस्तर र उत्पादन बढाउनका लागि पकेट क्षेत्रमा बीउ आलु भण्डारण भवन निर्माण गर्न सघाएको कार्यालयका प्राविधिक सहायक श्यामराज क्षेत्रीले बताउए ।

प्रकाशित मितिः २०७४ जेठ ३१
हामी धादि

वि.सं.२०७४ जेठ ३१ बुधवार १४:५९ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...