back
NMB ad

बुटवल पावर कम्पनीको ३० लाख कित्ता एफपिओ आउँदै

Kumari bank ad

 काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले ३० लाख कित्ता फरदर पब्लिक अफरिङ (एफपिओ) जारी गर्ने भएको छ । कम्पनीले हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त संख्यामा प्रिमियममा एफपिओ निष्काशन गर्ने निर्णय गरेको हो । butawal power  compuni

सञ्चालक समितिले निष्काशन गर्ने प्रस्ताव गरेको ३० लाख कित्ता एफपिओ पारितका लागि कम्पनीले आगामी असार २७ गते विशेष साधारणसभा बोलाएको छ ।

निष्काशनका सम्बन्धमा कम्पनीले जेठ ३२ गते नेप्सेलाई जानकारी गराएको छ । एफपिओ प्रयोजनका लागि आगामी असार १६ गते बुक क्लोज अर्थात सेयरधनी पूस्तिका बन्द हुने नेप्सेले जनाएकोे छ ।

 कम्पनीको वित्तिय अवस्था यस्तो छ

यस कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा १९ दशमलव ३८ प्रतिशतले बढेर ५ करोड ८५ लाख रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ । कम्पनीले गत वर्ष सोहि अवधिमा ४ करोड ९० लाख रुपैयाँ कमाएको थियो ।

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा जगेडाकोषमा १ अर्ब ९९ करोड ६० लाख रुपैयाँ पु¥याएको छ । लगानी १३ लाख रुपैयाँ गरेको छ । कम्पनीको सञ्चालन आम्दानी २४ दशमलव १५ प्रतिशतले वृद्धि भई ४७ करोड ८२ लाख रुपैयाँ रहेको छ भने सञ्चालन खर्च १५ दशमलव ११ प्रतिशतले घटेर १९ करोड ११ लाख रुपैयाँ रहेको छ ।

बुटवल पावरको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीको अनुपात १७ दशमलव ४ गुणा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २ सय १९ दशमलव ३ रुपैयाँ रहेको छ ।

  प्रकाशितः २०७३ जेठ ३२

वि.सं.२०७३ जेठ ३२ मंगलवार १३:५५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...