back
NMB ad

सेयर बजार संकटमै रहदा निक्षेपमा धान्नै नसक्ने ब्याज दिदै बैंक

Kumari bank ad

काठमाडौ । बजारमा वित्तिय विचलन र सेयर बजार नकारात्मक अवस्थामै रहेका बेला पुराना र ठूला बैंकहरुले नै ब्याज दरमा प्रतिस्पर्धा गर्न थालेपछि साना बैंकहरुलाई अहिले साँच्चै अप्ठेरो पर्न थालेको छ। स्ट्यान्डर्ड चार्टर्डले मुद्दतिमा १० प्रतिशत ब्याज दिने घोषणा गरिसकेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकले ११ प्रतिशत दिने भएको छ।

तरलता केही सहज हुन थालेपछि बैंकहरुले ऋणको ब्याज झार्न थालिसकेका थिए। कतिपय बैंकले १० देखि ११ प्रतिशत ब्याजमै ऋण दिने योजना ल्याएका थिए। १४ प्रतिशत पुगेको ऋणको ब्याज ११ प्रतिशतमा झरेको थियो।

पोहोर तरलता अभाव हुँदा केही बैंकले कर्जा पूँजी निक्षेप अनुपात (सिसिडी रेसियो) नाघेर काम गरेका थिए। निक्षेप र पूँजीको ८० प्रतिशतसम्म ऋण दिन सकिने ब्यवस्था राष्ट्र बैंकको थियो।

केही बैंकले ८० प्रतिशतको सीमालाई नघाएर ऋण विस्तार गरे। पछि त्यसलाई सुधार गर्न राष्ट्र बैंकले नीतिगत सहुलियत दिनु परेको थियो। र नघाउने बैंकलाई कारवाही गर्ने ब्यवस्था थप्नु परेको थियो।

यसपाली भने बैकहरुले निक्षेप उठाउँदा तिर्ने ब्याजको सीमा नाघेका छन्। बैंकहरुले सर्वसाधारणलाई एक बर्षे मुद्दति खातामा दिने ब्याजको २ प्रतिशतसम्म माथि गएर ठूला निक्षेपर्कताबाट पैसा स्वीकार्न पाउने ब्यवस्था गरेको थियो।

तर एनसेलको लाभांश र राजस्वको भूतका कारण केही बैंकले यो नीति नाघेर संस्थागत निक्षेप कबुल गरेका छन्। जस्तो नबिल बैंकको प्रकाशित ब्याज दर १० प्रतिशत मात्र हो, तर उसले नेपाल टेलिकमसँग १३.०२ प्रतिशतमा निक्षेप लियो। राष्ट्र बैंकको नीति पच्छ्याउँदा उसले १२ प्रतिशतभन्दा बढि ब्याज दिन पाउँदैन थियो।

यती धेरै ब्याज धान्न सकिन्छ त भन्ने प्रश्नमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले भने, बाध्यात्मक रुपमा धान्नु पर्ने अवस्था छ, जुन विडम्बना हो, ब्याज नबढाउँदा हामीसँग भएको निक्षेप अर्को बैंकले तान्ने अवस्था आयो। त्यसलाई रोक्न पनि हामीले ब्याज बढाउनु पर्ने वाध्यता सृजना भयो।

हाम्रोमा परिपक्क भएको निक्षेपलाई रोक्नका लागि मात्र ब्याज बढाइएको हो। ब्याज बढाउँदा नयाँ पैसा आउनेवाला छैन,ु गुरुङले भने, ठूला बैंकले पैसा तान्ने अवस्था आएपछि हामी रियाक्टिभ हुन वाध्य भयौं।

पोहोरभन्दा अहिले निक्षेपको ब्याज चुलिन थालेपछि ऋणको ब्याज अझै महँगो हुने बैकहरु बताउँछन्। एनसेलको लाभांश र पुस मसान्तको राजस्व कारण यसपाली ठूला बैंकहरु आत्तिएको देखिन्छ, एक बैंकरले भने, नत्र भने नबिलजस्तो बैंकले २५० अर्ब रुपैयाँ लिन १३.०२ प्रतिशत ब्याज तिर्नु पर्ने अवस्था हुँदैन थियो।

अहिले केही बैंकले संस्थागत निक्षेप बढि ब्याजमा कबुल गर्न प्रकाशित ब्याजदर सीमा बृद्धि गर्न थालेका छन्। बैंकहरुले प्रकाशित ब्याजदर १२.२५ प्रतिशतसम्म पुर्याइसकेका छन्।

२०७४ पुष १४ गते प्रकाशित

वि.सं.२०७४ पुस १४ शुक्रवार १३:१४ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...