back
NMB ad

के तपाईसंग यी बैङ्कको कार्ड छ ? प्रगोग गर्नुहोस, पाउनुहोस १० प्रतिशत फिर्ता

Kumari bank ad

काठमाडौं । कार्ड लोयल्टी प्रोगामको रुपमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी आफ्नो भिसा कार्डका ग्राहकहरुले हरेक सामान÷सुविधा खरिद गर्दा भिसा डेविट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा आफ्नो खातामा क्यास (नगद) फिर्ता हुने योजना ल्याएका छन् ।

कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरिदको बदलामा नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्येश्यले बैंकहरुको पहलमा नेपालमा यस प्रकारका योजना थालिएको छ । नेपाली समाजमा नगद बिना नै कारोबार गर्न सकिने र ग्राहकहरुमा भिसा डेबिट÷क्रेडिट कार्डको प्रयोगलाई प्रोत्साहन दिने अनि कार्ड प्रयोग गरी भुक्तानी गर्दा ग्राहकको खाताामा सिधै नगद फिर्ता हुने विशेष प्रकारको योजना सार्बजनिक गरिएको छ ।

कार्डबाहक जसले बस्तु तथा सेवा खरिदमा भिसा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दछन् उनीहरुले आफ्नो खातामा नगद फिर्ता प्राप्त गर्ने छन् । यस योजनामा सहभागि हुन न्यूनतम ५ सय रुपैयाको कारोवार ग्राहकहरुले गर्नु पर्ने छ ।

कारोबार संख्या                                                           (मासिक) नगदफिर्ता
१ देखि ३ पटक सम्मको कारोबारमा                           २% वा अधिकतमा रु. १००
४ देखि १५ पटक सम्मको कारोबारमा                         ५% वा अधिकतमा रु. २००
१६ देखि ३० पटक सम्मको कारोबारमा                       ७% वा अधिकतमा रु. ५००
३१ देखि ५० पटक सम्मको कारोबारमा                       १०% वा अधिकतमा रु. १०००

यस योजनाबाट सेन्चुरी  बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, महालक्ष्मीविकास बैंक, मेगा बैंक नेपाल, मुक्तिनाथविकास बैंक, एनसिसि बैंक, नेपालइन्भेष्टमेण्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक र टुरिजम डेभलपमेन्ट बैंकका भिसा कार्ड प्रयोगकर्ताहरुले लाभ लिन सक्नेछन् ।
यस किसिमको योजना बाट ग्राहक बर्गहरु थप लाभान्वित हुने र कारोवार पनि सुरक्षित हुनेमा बैंकहरुले विस्वास लिएका छन् ।

२०७४ माघ १ गते प्रकाशित

वि.सं.२०७४ माघ १ सोमवार १०:०१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...