back
NMB ad

सार्वजनिक स्थानमा सचेत हुनुहोस्, तपार्इँ सिसिटिभी निगरानीमा !

Kumari bank ad

काठमाडौँ । काठमाडौँ उपत्यकाको अति व्यस्तस्थल, संवेदनशील क्षेत्र र प्रमुख सडक क्षेत्रमा सिसिटिभी जडान गर्ने कार्यलाई प्रहरीले तीव्रता दिएको छ । दुई सय ४१ ठाउँमा सिसिटिभी जडान रहेकोमा अब थप ९४ स्थानमा सिसिटिभी जडान गर्ने कार्य भइरहेको महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रतापसिंह थापाले बताए ।

चक्रपथ क्षेत्रभित्र त्यस्ता क्यामरा राखिँदै आएकोमा अब चक्रपथ बाहिर पनि विस्तार गर्न थालिएको उनले बताए । करिब दुई करोड रुयिाँको लगानीमा ती क्षेत्रमा क्यामरा जडानकार्य भइरहेको छ ।

जावलाखेल, सातदोबाटो, एकान्तकुना, बूढानिलकण्ठ र महाराजगन्ज लगायत स्थानमा नयाँ क्यामेरा जडान गर्न लागिएको बताउँदै आयुक्त थापाले सिसिटिभी जडानले नागरिकलाई सार्वजनिकस्थानमा गलतकार्य नगर्न सचेत गराउने तथा कार्यक्षेत्रमा खटिएका प्रहरीलाई समेत आफ्नो जिम्मेवारीप्रति सजग बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने विश्वास व्यक्तगरे ।

कतिपय बेला घटना घटिसकेपछि सम्बन्धित घटनाबारे सिसिटिभीको रेकर्डमार्फत अध्ययन अनुसन्धान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन समेत यसको प्रयोग प्रभावकारी भएको उनको भनाइ छ ।

यस्ता रेकर्ड १५ दिनसम्म सुरक्षित राखिने भएकाले अनुसन्धान गर्न उपयोगी सिद्धभएको बताउँदै आयुक्त थापाले आवश्यकता अनुसार त्यस्तो फुटेज लामो समयसम्म समेत राख्न सकिन्छ भने ।

कुनै शङ्कास्पद गतिविधि क्यामेरामा देखिएमा तुरुन्त त्यस स्थानमा प्रहरी परिचालन गर्नेदेखि सडकको अस्तव्यस्तता र फुटपाथको अतिक्रमण हटाउनसम्मका काममा क्यामेरा सहयोगी बनेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक शरद चन्दले बताए ।

प्रहरीले सवारी साधनबाट अनावश्यक रकम असुल्ने आरोप लागेका स्थान नागढुङ्गा, थानकोटमा समेत अत्याधुनिक क्षमतायुक्त क्यामरा राखिएको छ । आयुक्त कार्यालयको भूई तल्लाको एक कोठमा उपत्यकाभरिको गतिविधि सिसिटीभी मार्फत निगरानी गरी राखिएको छ । त्यहाँ आधा दर्जन भन्दा बढी प्रहरीले २४ सै घण्टा निगरानी गरिराखेका हुन्छन् ।

सार्वजनिक समारोह, पर्व, प्रदशर्नमा समेत स्थान विशेषमा सो दिनका लागि छुट्टै सिसिटिभी क्यामेरा जडान गरी प्रहरीले निगरानी गर्ने गरेको छ । क्यामराबाट ती स्थानमा खटिएका प्रहरीको समेत निगरानी गरिएको हुन्छ ।

प्रहरी बाहेक पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र, व्यक्तिको निजी घर, निजी कार्यालय, कारखाना र टोल÷टोलमा समेत व्यक्ति वा सामूहिक लगानीमा सिसिटिभी राखिएका छन् ।

८ असोज  (किरण भट्टराई) रासस

वि.सं.२०७३ असोज ८ शनिवार १६:१२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...