काठमाण्डौं । सेञ्चुरी कमर्शियल बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई दिने प्रतिफल प्रस्ताव गरेको छ । बैंकले केही समय अघि निष्काशन गरेको हकप्रदले समेत पाउने गरी १० प्रतिशत बोनस प्रस्ताव गरेको हो ।
अहिले चुक्ता पूँजी तीन अर्ब ६८ करोड ९० लाख रुपैंया रहेको बैंकको बोनस बितरण पश्चात चुक्ता पूँजी चार अर्ब रुपैंयाको हाराहारीमा पुग्नेछ ।
बैंकले सगरमाथा फाइनान्सलाई एक्वायर गर्ने सम्झौता केही दिन अघि मात्र गरेको छ । सेञ्चुरी बैंकले यस अघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न सैद्धान्तिक सहमति प्राप्त गरिसकेकोे छ ।
२३ फागुन २०७३, ११।००
वि.सं.२०७३ फागुन २३ सोमवार १२:११ मा प्रकाशित