back
NMB ad

चन्द्रागिरी डाँडामा बसेर ओलीले भने–अब पृथ्वीनारायणको शालिक निर्माण गरौँ

Kumari bank ad

काठमाडौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरीको डाँडामा बसेर पृथ्वीनारायण शाहको शालिक निर्माण गर्नुपर्ने बताएका छन् । नेकपा (एमाले) पर्यटन विशेष इलाका कमिटीले चन्द्रागिरी डाँडोमा आयोजना गरेको चन्द्रागिरि हिल पर्यटन प्रवद्र्धन कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले भने, “पृथ्वीनारायण शाहले काठमाडौ उपत्यका हेरेर एकिकरणको मनसाय बनाएको त्यो स्थानलाई यहाँहरुले विकास गरिरहनुभएको छ । मेरो विचारमा काठमाडौ उपत्यकातिर हेरेर पृथ्वीनारायण शाहले यस्तो गरेको(जुँगा मुसार्दै सोच्दै गरेको)  शालिक भयो भनेपनि राम्रै हुन्छ । ऐतिहासिक विषयहरु राम्रै हुन्छ ।”

नेपाल एकिकरण गर्दा पृथ्वीनारायण शाहले यही डाँडाबाट हेरेर काठमाडौ आक्रमण गर्ने योजना बनाएर सफलता हासिल गरेका थिए।
Kp oli
ओलीले धार्मिक तथा ऐतिहासिक महत्व झल्कने पूर्वाधारको विकास गर्न सरकारसँग आग्रह गर्दै भने, “म सरकारलाई यस्ता धार्मिक तथा ऐतिहासिक क्षेत्रको विकास गर्न भन्छु,  १२ घण्टा बिद्युत चाहिने यस्ता स्थानमा डेडिकेटेड लाईन दिन आग्रह गर्न चाहन्छु । अहिलेको सरकारले दिईहालेन भने अलिक समय पर्खिनुस्, दिने सरकार बनिहाल्छ ।”

प्रालिका प्रमुख ढकालले काठमाडौ र नेपालभर घुम्ने स्वदेशी पर्यटक आकर्षित गर्न र विदेशी पर्यटकको बसाई लम्ब्याउन चन्द्रागिरि केबलकार सञ्चालन गरिएको र उदेश्यअनुरुप सफल हुने विश्वास व्यक्त गरे ।
Kp Oli Chandragiri (3)
कार्यक्रममा एमाले अध्यक्ष ओली, ओली पत्नी राधिका शाक्य, एमालेका पूर्वअध्यक्ष एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, सचिव प्रदीप ज्ञवाली, अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, लेखा आयोगका अध्यक्ष प्रा डा पुष्प कँडेल, सल्लाहकार कमिटी अध्यक्ष केशव बडाल, स्थायी कमिटी सदस्य किरण गुरुङ, मुकुन्द न्यौपाने, पूर्वमन्त्री महेन्द्र पाण्डे, महेश बस्नेत, लगायतका एमालेका स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश कमिटी इन्चार्ज, एमाले कार्यकर्ता, पर्यटन व्यवसायी र पत्रकारले चन्द्रागिरिको भ्रमण गरेका थिए ।

Kp Oli Chandragiri (1)

प्रकाशित मितिः २०७३ भदौ २२

वि.सं.२०७३ भदौ २२ बुधवार १९:५५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...