back
NMB ad

टानमा ११ महिना : के गरियो के गरिएन !

Kumari bank ad

हाम्रो कार्यकालको ११ महिनामा पुरानो अस्तव्यस्तता भएको अवस्थालाई गतिशिल पार्ने काम गर्दैछौं । व्यवसायीहरुमा नयाँ संचार र नयाँ उर्वरता थप्दै छौं । त्यो भनेको सचिवालय व्यवस्थित गर्ने काम भईरहेको छ । उपयुक्त बिधि र बिधानलाई मानेर सिईओ नियुक्ति गरेका छौं । त्यहाँ भएका कर्मचारीका तालिम प्रदान गर्ने, कर्मचारीका अन्तरद्वन्द कम गर्ने काममा हामी अगाडि बढेका छौं । त्यसको नतिजा त केहि समय पछि मात्र देख्न सकिन्छ । हामीले कार्यकाल सम्हालेपछि सिइओले सूचना समेत नदिएर टानलाई गतिबिहिन गर्ने काम भएपछि नयाँ सिईओ ल्याएका हौं । पहिले लेखाको पारदर्शिता थिएन । अहिले चार्टर एकाउन्टेन्ट ल्याएका छौंं । कर्मचारी नियमावलीलाई व्यवस्थित गराउने काम गरेका छौं । सचिवालय एक्काइसौं शताब्दी अनुरुप प्रबिधिमैत्री बनाएका छौं । अहिले काम गर्ने राम्रो वातावरण निर्माण भएको छ । हिजो कतिपय साथीहरुले जान्नु भएन होला भ्याउनुभएन होला ! ती आधारमा पनि काम भएनन् । अब अहिले परिस्थिति सुहाउँदो सचिवालय व्यवस्थित गर्दैछौं । यो नै ११ महिनाको ठूलो उपलब्धि हो । यसले बर्षाैं वर्ष व्यवस्थित बनाएर कामलाई अगाडि बढाएर लैजानेछ भन्ने विश्वास लिएका छौं । अहिले बनाएका बिधी र प्रक्रिया तुरुन्त नष्ट भएर जाने कुरा होईन । चाहे त्यो सिईओ छनौटका बिधिका कुरा, कर्मचारी सक्षम र क्षमतावान राख्ने कुरा गरौं । सचिवालयलाई चुस्त, दुरुस्त पारदर्शी गर्ने कुरा भएका छन् ।

पर्यटनका एजेण्डा एक, दुई, तीन भनेर नै कार्यान्वयनमा…

हामी फरक–फरक विचार समूह भएकाहरु चुनावी प्रतिबद्धता लिएर व्यवसायीमाझ गएका थियौं । ती दुवै पक्षका प्रतिबद्धता पर्यटन क्षेत्रकै माग हो, ट्रेकिङ व्यवसायकै माग हो भनेर सुत्रीकृत गर्यौं । दुवै पक्षका मागहरु ट्रेकिङ व्यवसायलाई कसरी उन्नतीतिर लैजान सकिन्छ भन्ने माग नै हुन् । विना पूर्वाग्रह हामीले पहिलो कार्यसमिति बैठकबाट दुवै पक्षका मागलाई सुत्रीकृत गरी अगाडि बढेका छौं । दुईवटै प्रतिस्पर्धी समूहको मागलाई सुत्रबद्ध गरेर अगाडि बढाउने हाम्रो कार्यसमिति नै पहिलो हो । यसअघिका कार्यसमितिले यसो गरेको थिएन । त्यस्तै पर्यटनका एजेन्डाहरुलाई सुत्रबद्ध ढंगले एक, दुई, तीन भनेर अगाडि बढाएका छौं । मन्त्रालयबाट एक, दुई, तीन भनेर नै कार्यान्वयनमा अगाडि बढेका छन् ।

३७ वर्षपछिको ऐतिहासिक काम…

संस्थापक कार्यकालदेखि पूर्व कार्यसमितिका सदस्यहरुसँग अन्तक्रिया गर्नुका साथै उहाँहरुका सुझावहरु संकलन गर्ने कार्य गर्यौं । संस्थापक अध्यक्ष सहित पूर्व अध्यक्षहरुले यो अहिलेसम्मको ऐतिहासिक काम भयो भन्नुभएको छ । ३७ वर्षपछि पूर्व अध्यक्षहरु सँग अन्तक्रिया गरेर मायाको चिनो दिएर उहाँहरुलाई पनि यही कार्यसमिति भित्रका सदस्य रहेछौं भन्ने बनाएका छौं ।

बैठकको माइन्यूट सबै व्यवसायी कहाँ पुग्छ

पारदर्शी ढंगले बैठकका माइन्युट, आर्थिक पारदर्शीताका कुराहरु भएका छन् । बैठक बस्दा बस्दै बैठकका माइन्यूट र आर्थिक विषयहरुलाई सदस्य कम्पनीहरुमा पुर्याउने काम भएको छ । हिजोका दिनमा साधारण सभा गर्ने होहल्ला गर्ने एकछिनपछि डिनरमा लाग्ने काम गरिन्थ्यो । त्यो मुख्य कोर्समा नलाग्ने र ताली बजाएर जाने स्थिति थियो भने अहिले हामीले प्रत्येक घटनाको विषयलाई माइन्युटमा उतारेर ति निर्णयहरु व्यवसायी कहाँ इमेल, अनलाईनबाट पठाउने नयाँ र व्यवहारिक काम गरेका छौं । १८ सय सदस्यमध्ये नविकरण गराउने करिब १३ सय व्यवसायी कहाँ यी विषयहरु पुग्छन् । सबैको इमेल, टेलिफोनहरुलाई पनि व्यवस्थित पारेर यी सूचनाहरु प्रवाह गरेका छौं ।

एकद्वार प्रणालीमार्फत पर्यटन

अहिले ʽनो ट्रेकिङ उदआउट पोर्टरʼको जुन एजेण्डा थियो त्यो पुरा हुने चरणमा छ । त्यस्तै पोर्टर सेल्टरको कुरा अगाडि बढिरहेको छ । बजेट, नीति तथा कार्यक्रममा पनि आएको एकद्वार प्रणालीमार्फत पर्यटनका गतिबिधिहरु अगाडि बढाउने कुराहरु भएका छन् । पर्यटन क्षेत्रमा गृह, वन मन्त्रालय लगायत दुनियाँ झमेला थियो । यो सम्बन्धित क्षेत्रको काम सम्बन्धित मन्त्रालयले मात्र गर्ने गरी अगाडि बढाउने भनिएको छ । त्यो नियमावली कानुन बनाएर लागु हुन्छ या हुँदैन । त्यो भोलिका कुरा हो । त्यसमा पनि लागु गराउन प्रयत्न गर्छाैं र त्यो अगाडि बढिरहेका छ ।

पूर्ण कार्यकालमा नमूना कार्य गर्छाैं

मजदुरका सामाजिक सुरक्षाका विषयलाई पनि व्यवस्थित गरेर जानुपर्छ भनेर हिजो भन्दा पारदर्शी र नयाँ काम काम गरिन्छ । पूर्ण कार्यकालमा नमूना कार्य र विगतका कार्यसमिति भन्दा एक स्तर माथि रहेर पारदर्शी काम गरेको भन्ने मेरो दाबी छ ।

प्रकाशित मितिः २०७३ भदौ २७

वि.सं.२०७३ भदौ २७ सोमवार ११:०५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...