back
NMB ad

चन्द्रागिरी केबलकार संचालनमा, हिजो करिब साढे १० हजारले निःशुल्क चढे !

Kumari bank ad

काठमाण्डौं । चन्द्रागिरी हिल्स लिमिटेडद्वारा प्रवद्र्धन गरिएको बहुप्रतिक्षित चन्द्रागिरी केबलकारको टप स्टेशन स्थित भालेश्वर मन्दिरको हिजो बैदिक विधिपूर्वक प्राणप्रतिष्ठा गरिएपछि आजबाट चन्द्रागिरी केवलकारको आधिकारिक रुपमा संचालन सुरु भएकोछ ।

सो अवसरमा उपस्थित १० हजार ६ सय ४१ व्यक्तिहरुले निःशुल्क केवलकार चढेर मनोरञ्जन लिएको कम्पनीले जनाएकोछ । हिजो मन्दिरको प्राणपस्तिस्थापनमा उपस्थित भएको चन्द्रागिरि नगरपालिका, मकवानपुरको चित्लाङ र फाखेल गाविसका वासिन्दाहरूलाई कम्पनीका संचालकहरुले निःशुल्क केबलकार चढ्ने व्यवस्था गरेका थिए । आजबाट भने दुईतर्फी टिकटका लागि कूल रु ७०० शुल्क निर्धारण गरिएको छ । काठमाण्डौंको उच्च स्थान मानिने चन्द्रागिरीको धार्मिक, ऐतिहासिक महत्व रहेकोछ ।

chandragiri temple mandir puja

धार्मिक महत्व : देवादिदेव महादेवले आफ्नी प्रिय सतीदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा चन्द्रागिरी पर्वतमा पुग्नुभएको हिमवत खण्डमा उल्लेख छ । चन्द्रागिरीको चुच्चुरोमा महादेव पुग्दा सतीदेवीको भाल अर्थात् निधार पतन भएको र शिवलिङ्ग उत्पत्ति भएको हिमवत खण्डको ९८ र ९९ औं अध्यायमा वर्णन गरिएको छ । भाल पतन भएर उत्पत्ति हुनुभएको महादेवलाई भालेश्वर भनी पुकार्न थालिएको धर्मग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ ।

भालेश्वर महादेवको दर्शन गरेर स्वर्गका सुमुख नामक गन्धर्व र पाटन निवासी विरुपाक्षले पापबाट मुक्ति पाएका कथाहरु हाम्रा धर्म ग्रन्थहरुमा उल्लेख छन् । यसरी पौराणिक कालदेखि नै आफ्ना भक्तको मनोकांक्षा पूरा गर्ने भालेश्वर महादेवको दर्शन गराउनका लागि यहाँ आकर्षक मन्दिर निर्माण गरिएको हो । भालेश्वर महादेवको दर्शन गरेर एउटा मात्र कुराको भाकल गरे पूर्ण हुने जनविश्वास रही आएको छ ।

chandragiri cable car 4

ऐतिहासिक महत्व :  चन्द्रागिरी पहाड ऐतिहासिक रुपले महत्वपूर्ण स्थान हो । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले सबैभन्दा पहिले चन्द्रागिरीबाट नै यो सुन्दर काठमाडौं उपत्यकाको अवलोकन गरेको बताइन्छ । पृथ्वीनारायण शाह आप्mनो ससुराली मकवानपुरबाट गोरखा फर्कँदा चन्द्रागिरी हुँदै फर्किएको र काठमाडौंको अवलोकनपछि त्यसलाई जित्ने कल्पना गरेको इतिहास छ ।

त्यो यात्रामा साथै रहेका दुई ज्योतिषी भानु अज्र्याल र कुलानन्द ढकालले त्यतिवेलै आफ्ना राजाको ईच्छा पूरा हुने भविष्यवाणी समेत गरेको इतिसकार प्रा डा दिनेशराज पन्तले उल्लेख गरेका छन् । पृथ्वीनारायण शाहले यही चुच्चुरोमा बसेर अध्यात्मिक साधना गरेपछि काठमाडौं उपत्यकामाथि आक्रमण गरेर विजय प्राप्त गरेको जनविश्वास समेत रहेको छ ।

प्राकृतिक सौन्दर्यको अनुपम पहाड :  काठमाण्डौंकै सबैभन्दा अग्लो स्थान चन्द्रगिरीको उचाइ २५५१ मिटर रहेको छ । चन्द्रगिरी पहाड प्राकृतिक सौन्दर्यको अनुपम पहाड हो । घना जङ्गलले ढाकिएको चन्द्रगिरी मानव स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण छ । यहाँको चिसो र शान्त वातावरणले मन आनन्दित तुल्याउँछ । क्षणक्षणमै बदलिने यहाँको मौसमले विविधता दिइरहन्छ ।

चन्द्रागिरी चुचुरोबाट सर्वोच्च शिखर सगरमाथाको अवलोकन गर्न सकिन्छ । यहाँबाट पूर्वोत्तर दिशामा सगरमाथा रहेको छ । नेपालका अधिकांश हिमालहरु यहाँबाट हेर्न पाइन्छ । करिब १८० डिग्रीको रेन्जमा यहाँबाट हिमालय श्रृंखलाको अवलोकन गर्न पाइन्छ ।

सूर्योदय र सूर्यास्तको अवलोकनका लागि चन्द्रागिरी पहाड एउटा उपयुक्त गन्तव्यस्थल हो । हिमाललयबाट हुने सूर्योदय र पश्चिम पहाडबाट हुने सूर्यास्तको दृश्य यहाँबाट रोमाञ्चक देखिन्छ । पूर्वोत्तर दिशामा रहेको काठमाडौं शहरलाई यहाँबाट राम्रोसँग अवलोकन गर्न पाइन्छ । हिमाल, हरियाली र राजधानी शहरको एक साथ अवलोकन गर्न पाइने यो एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो ।
२५ साउन २०७३, २।००

वि.सं.२०७३ साउन २५ मंगलवार १६:१५ मा प्रकाशित

You can share this post!

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:५५

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच...

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४८

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना...

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...