back
NMB ad

चर्चित बहुउद्देश्यीय सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा

Kumari bank ad

काठमाडौं । चर्चित बहुउद्देश्यीय सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
ललितपुरको बज्रबाराहीस्थित फूलबारी पार्टी प्यालेसमा शनिवार भएको साधारण सभामा एपेक्स बैंकका प्रमख विष्णु प्रसाद धितालले सहकारीको गरिमा र अस्तित्व बचाउनका लागि प्रसासन चुस्त बनाउनु पर्ने बताए । उनले हुने खानेका लागि भन्दा हुँंदा खानेका लागि सहकारीले आफ्नो सेवा पुरयाउनु पर्ने पर्नेमा जोड दिदैं मुलुकको विकासका लागि सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताए । मुलुकको अग्रगमनका लागि आर्थिक क्रान्ति जरुरी भएको स्पष्ट पार्दै सबैको चाहना समुन्न नेपाल भएको बताए ।
राष्ट्रिय सहकारी बैंक मुख्य शाखा कार्यालय प्रमुख युवराज पाण्डेले आर्थिक सशक्तिकरणका लागि सहकारीको भूमिका महत्वपूर्ण भएको बताए । उनले सहकारीले पालना गर्नु पर्ने अनुशासन र मर्यादाका बारेमा बताउँंदै आर्थिक पारदर्शिता र सेयर सदस्यहरुलाई दिने सुविधा महत्वपूर्ण भएको स्पष्ट पारे ।
जिल्ला बचत संघ ललितपुरका उपाध्यक्ष जगत महर्जनले सहकारीले जनताको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताउँंदै बैंक पुग्न नसकेको ठाउँं सहकारीले सेवा प्रदान गरिरहेको प्रष्ट पारे । सहकारीको विस्तारले विश्वका धेरै अल्पविकसिक मुलुक विकसित भएको बताए । संस्थाका अध्यक्ष किरण महर्जनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले आगामी दिनमा कृषिमा लगानी विस्तार गर्ने बताए । संस्थाका कोषाध्यक्ष कृष्णचन्द्र महर्जनले किसान र महिला सहकारीको लक्षित वर्ग भएको बताउँंदै जनताको आर्थिक स्तर उकास्ने प्रमुख उद्देश्य भएको बताए ।

वि.सं.२०७३ असोज १० सोमवार १७:३४ मा प्रकाशित

You can share this post!

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:३०

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन...

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:२६

काठमाडौँ : सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई...

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०६

कास्की : गण्डकी प्रदेश सरकारले आज  वैशाख ४ गते प्रदेशभर...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०१

काठमाडौँ : पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...