back
NMB ad

चौधरी ग्रुप र निम्बसले युवामा नयाँ उद्यमशिलता विकासमा लगानी गर्ने

Kumari bank ad

काठमाडौं । चौधरी ग्रुपको सिजि कर्पका प्रबन्ध निर्देशक निर्वाण चौधरी र निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले ४ सय भन्दा बढी उद्यमशिलतामा प्रवेश गर्न चाहने युवालाई सम्बोधन गर्दै नेपालमा नयाँ युवा उद्यमीहरुका व्यवसायिक योजनामा आफुहरुले व्यक्तिगत र संस्थागत रुपमा लगानी गर्ने घोषणा गरेका छन् । हिमालयन क्लाईमेट इनिसिएटिभले काठमाडौंमा आयोजना गरेको फाइनान्स योर ड्रिम कार्यक्रममा बोल्दै आनन्द बगरिया र निर्वाण चौधरीले सो घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै एचसिआईका संस्थापक प्रशान्त सिंहले नेपालबाट ठुलो संख्यामा बाहिरि रहेका युवाहरुका लागि रोजगारीका लागि कयौं अवसरहरुको सिर्जना गर्नु अहिलेको सबै भन्दा महत्वपुर्ण सामाजिक अनिवार्यता भएको बताए ।

कार्यक्रममा सिजि कर्पका निर्देशक चौधरीले सुचना प्रविधिका क्षेत्रमा रुची भएका नयाँ युवा उद्यमीलाई सहायता गर्न चौधरी ग्रुप प्रतिबद्ध भएको बताए । उनले युवाका नयाँ उद्यम तथा कम्पनिहरुलाई सहायता गर्न आफुहरु सँग प्रसस्त आर्थिक स्रोत उपलब्ध भएको पनि जानकारी दिए ।

सोही अवसरमा आफ्नो धारणा राख्दै निम्बस समुहका प्रबन्ध निर्देशक आनन्द बगरियाले नयाँ उद्यमसिलता दुवै तर्फबाट विकास हुन सक्ने बताए । पहिले उद्यमीहरुबाट अवधारणा आएपछि मात्र लगानीकर्ताले लगानी गर्छन भन्ने सामान्य धारणा रहेको बताउँदै आनन्दले धेरै जसो समयमा लगानीकर्ता आफैंले अवधारणाहरु विकास गरेपछि नयाँ प्रतिभाशाली युवा उद्यमीहरुले उक्त योजनालाई अघि बढाउन पनि सक्ने स्मरण गराए ।

फाइनान्स योर ड्रिम कार्यक्रम पश्चात दर्जनौ नयाँ उद्यमीहरुबाट प्रस्तुत व्यावसायिक योजनाका अवधारणालाई एचसिआईको नयाँ उद्यम विकास तथा विस्तार केन्द्रमा अझ परिस्कृत रुप दिईनेछ । लगानि योग्य त्यस्ता अवधारणाहरुलाई सम्भावित लगानिकर्ताहरु समक्ष प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ ।

श्रृङखलाबद्ध रुपमा आयोजना हुने फाइनान्स योर ड्रिम कार्यक्रमको सो पहिलो श्रृङखला हो । कार्यक्रमले नेपालमा स्रोत—साधन सम्पन्न व्यापारिक तथा व्यवासायिक क्षेत्रका व्यक्तित्वहरु लाई जुटाएर नयाँ युवा उद्यमीहरुको पारिस्थितिक पद्धतिको सुधार र उन्नतिका लागि प्रत्यक्ष योगदान गर्नमा सहयोग गर्ने बताइएको छ ।

प्रकाशित मितिः २०७३ माघ २३

वि.सं.२०७३ माघ २३ आइतवार १५:४४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...