back
NMB ad

पाँचथरको फालेलुङमा चौंरी महोत्सव हुने

Kumari bank ad

पाँचथर । पाँचथरको फालेलुङ गाँउपालिका–४ मा चौँरी महोत्सव हुने भएको छ । चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण र जिल्लाका उच्च पहाडी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । सुर्केथाम दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनामा तीन हजार पाँच सय ६० मिटरको उचाईमा रहेको नेपाल, भारतको पश्चिम बंगाल र सिक्किमको सिमानामा रहेको चारराते भन्ने स्थानमा नयाँ वर्ष २०७४ को अवसर पारेर वैशाख १ गते महोत्सव गर्न लागिएको हो ।

चौँरी संस्कृति लोप हुँदै गएकाले त्यसलाई संरक्षण गर्नका लागि महोत्सवको आयोजना गरिएको सुर्केथाम दुग्ध सहकारी संस्थाका सचिव शिल्पकुमार राईले बताए । ‘महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ’ राईले भने ‘महोत्सवमा पाँच सय भन्दा बढी चौँरीहरु भेला गरिनेछ ।’

यस क्षेत्रमा लगभग २० चौँरी गोठहरु रहेका छन् । चरन क्षेत्र व्यवस्थित नभएपछि पछिल्लो समयमा चौँरी गोठहरु घट्दै गएपछि विस्तारै चौँरी संस्कृति हाराएकाले संरक्षणका लागि महोत्सवको तयारी गरिएको हो । ‘चरन क्षेत्रलाई पनि व्यवस्थित गर्नुपर्ने आवश्यकता छ’ राईले भने । ‘यस क्षेत्रमा रहेको तीन हजार हेक्टर जमिनलाई चरण क्षेत्रका लागि बैज्ञानिक रुपमा व्यवस्थित गर्ने हो भने चौरी संस्कृतिलाई जोगाउन सकिन्छ ।’

महोत्सवबाट यहाँको पर्यटनको सम्भावनालाई माथि उठाउने लक्ष्य राखिएको छ । एक वर्षमा १० हजार बोट लालिगुराँस रोप्ने लक्ष्यका साथा महोत्सवकै दिनदेखि यस क्षेत्रमा लालिगुँरास रोप्न सुरु गरिने भएको छ । पाँचथरसहित पूर्वी नेपालका ताप्लेजुङ, इलाम, झापा हुँदै काठमाडौंसहित भारतको सिक्किम र दार्जिलिङका बासिन्दा, पर्यटन व्यवसायी र नागरिक गरी एक हजारले महोत्सवको अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

महोत्सवमा चौँरीको दूधबाट बनाइएका परिकारहरु, चौँरी र भेडाको उनबाट बनेका बस्तुहरु र लेकाली क्षेत्रमा पाइने जडिबुटी तथा कृषिजन्य बस्तुको स्टलहरु राख्ने तयारी छ ।

प्रकाशित मितिः २०७३ चैत २९

वि.सं.२०७३ चैत २९ मंगलवार १२:१८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...