back
NMB ad

च्याउ उत्पादन गर्दै कक्षा ९ का विद्यार्थी

Kumari bank ad

महोत्तरी । महोत्तरी लक्ष्मिनियाँ–७ स्थित राष्ट्रिय उच्च मावि कान्तिबजारको कक्षा ९ मा अध्ययनरत प्राविधिकतर्फका विद्यार्थीले आधुनिक प्रविधिद्वारा च्याउखेती उत्पादन गर्दै आएका छन् ।

सो विद्यालयमा कृषि विज्ञानतर्फ अध्ययनरत् ४८ जना विद्यार्थीले स्थानीयस्तरमा पाइने सामग्रीको प्रयोगले विद्यालयको एउटा अँध्यारो कोठामा परीक्षणका क्रममा सामूहिक रुपमा च्याउ उत्पादन गर्दै आएका हुन् । च्याउ उत्पादनका लागि उनीहरुले गाउँघरमै पाइने धानको भुस, पोलिथिनको ब्याग एवम् च्याउको बीउको प्रयोग गर्ने गर्छ । धानको भुसलाई पानीमा उमालेर पोलिथिनको भाँडामा राखिन्छ, त्यसपछि त्यसमा च्याउको बीउ हालेर आधुनिक प्रविधिले च्याउ खेती गर्दै आएको कक्षा ९ मा अध्ययनरत छात्रा निलु मोक्तानले बताइन् ।

च्याउ उत्पादनका लागि जिल्ला कृषि विकास कार्यालयले बीउ उपलब्ध गराएको छात्र शिवकिरण महतोले बताए । त्यस्तै छात्रा संरचना कुमारी साहले ३० दिनमा पूर्णरुपमा तयार हुने सो च्याउ उत्पादनको लागि तीन हप्तासम्म अँध्यारो कोठामा राख्नुपर्ने बताए ।

कक्षा ९ मा अध्ययनरत ती विद्यार्थीलाई छ समूहमा विभाजन गरेर प्रयोगात्मक विधिद्वारा शिक्षण गराउँदै आएको शिक्षक देवनारायण सिंहले बताए । यस विद्यालयका आफ्नै जग्गामा विद्यार्थीले काउली, आलु, गहुँलगायतका बाली परीक्षणका रुपमा उत्पादनसमेत गर्दै आएका छन् ।

कक्षा १२ सम्म अध्यापन हुने सो विद्यालयमा यसै वर्षदेखि प्राविधिकतर्फका कृषि विज्ञान विषयका तीन वर्षे कक्षा सञ्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक राजकिशोर सिंहले जानकारी दिए । यसै वर्षदेखि सुरु भएको सो विषय अध्ययनका लागि जिल्लाका विभिन्न स्थानका साथै धनुषा र सर्लाहीका विद्यार्थी यहाँ आउने गरेको सो विद्यालयले जनाएको छ । रासस

प्रकाशित मितिः २०७३ फागुन ८

वि.सं.२०७३ फागुन ८ आइतवार १५:५८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...