back
NMB ad

उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ समापन

Kumari bank ad

जनकपुरधाम । आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले यहाँ आज उदाउँदो सूर्यलाई अघ्र्य दिइ पर्वको समापन गरेका छन् ।

मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिइ पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।

व्रतालुहरु यहाँका इतिहासवर्णित सरोवर गंगासागर, धनुषसागर, अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिइ आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएका विशेष प्रकारको पकवानसहित सूर्यलाई अघ्र्य अर्पण गरेका थिए ।

अर्घमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।

सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।

छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि संकल्प गरिन्छ, जुन यसको महत्वपूर्ण पक्ष हो ।

अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुखदुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोका रूपमा लिइनु हो । धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नुले ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ ।

आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिकता विशेषता हो, जो आडम्बरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ ।
सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धनप्राप्ति हुने जनविश्वास छ ।

छठ पर्व मनाउनुका पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ ।

छठका अवसरमा बेहुली झैँ सिँगारिएका पोखरी र तलाउमा नवबस्त्रमा सजिएका श्रद्धालुको भीड पनि दर्शनीय रहेको थियो । रासस

प्रकाशित मितिः २०७४ कार्तिक १०

वि.सं.२०७४ कात्तिक १० शुक्रवार ०९:१० मा प्रकाशित

You can share this post!

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...