back
NMB ad

छ्याङ्दी हाइड्रोको साधारण सेयर कसलाई कति पर्यो ? जान्नुहोस्

Kumari bank ad

काठमाडौ । छ्याङ्दी हाइड्रोपावरको आइपीओ आज (शनिबार) बाँडफाँट भएको छ । आइपीओमा ७१० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट १० कित्ता सेयर बाँडफाँट गरिएको छ भने त्यो भन्दा माथि आवेदन दिने सबैले समानुपातिक रुपमा सेयर पाएका छन् ।

सबैभन्दा बढी २७ सय कित्ता आवेदन दिनेले ३४ कित्ता सेयर हात पारेका छन् । छ्याङ्दीको आइपीओपा कुल ९२ हजार ३८५ जनाले आवेदन दिएकोमा ६८८ जनाको आवेदन रद्द भएको छ । रितपूर्वक आवेदन दिने ९१ हजार ६९७ जना आवेदकमध्ये कुल ३२ हजार ८२४ जनाले सेयर पाएका छन् ।

chhayadi hydro

यो आइपीओमा ३ अर्ब ७२ करोड रुपैयाँ भन्दा धेरैको आवेदन परेको थियो । आइपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो । कम्पनीले जेठ १४ देखि १८ गतेसम्म ५ लाख ४० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । यसमध्ये १० हजार ८०० कित्ता कर्मचारीलाई र २७ हजार कित्ता म्युचुअल फन्डलाई दिएर बाँकी रहेको सेयर आज बाँडफाँट भएको हो ।

यो आइपीओमा ५० देखि २७ सय कित्तासम्म आवेदन दिन पाउने व्यवस्था थियो । आइपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ पुगेको छ ।

प्रकाशित मितिः २०७४ असार १७

वि.सं.२०७४ असार १७ शनिवार १७:१३ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...