back
NMB ad

हाईड्रोको ५ करोड ४० लाख आईपिओ आईतबारदेखि निष्काशन हुने ,कहाँ–कहाँबाट आवेदन दिने ?

Kumari bank ad

काठमाडौ । आउँदो आइतबार (जेठ १४ गते) देखि छ्याङ्दी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गरी बाँडफाँड समेत गरिसकेको कम्पनीले यसपटक सर्वसाधारण सेयरधनीका लागि पाँच लाख ४० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन छिटोमा जेठ १८ गते र ढिलोमा २८ गते बन्द हुने बताइएको छ ।

छ्याङ्दीले चुक्तापुँजीको २० प्रतिशत सेयर जारी गर्ने जनाएको छ । जसअनुसार, कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा पाँच करोड ४० लाख रुपैयाँ बराबरको सेयर जारी गर्नेछ । सेयर निष्काशन गर्नका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले निष्काशन गर्न लागेको सेयरमध्ये १० हजार आठ सय कित्ता सेयर कर्मचारीका लागि र २७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी पाँच लाख २६ हजार पाँच सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् । कम्पनीको सेयरमा कम्तिमा ५० कित्तादेखि अधिकतम २७ सय कित्ता सम्म आवेदन गर्न पाइनेछ ।

ग्लोवल आइएमई बैंक, छ्याङ्दी हाइड्रो पावर लिमिटेड, काठमाडौं क्यापिटल, जनरल फाइनान्स, रिलायवल क्यापिटल, एनसएमसी मर्चेन्ट बैंक, क्यापिटल लिमिटेडहरु एनआई, सानिमा, भिबोर, सिभिल र आस्वा सेवा दिने बैक तथा वित्तिय संस्थाबाट उक्त सेयरका लागि आवेदन दिन सकिनेछ ।

छ्याङ्दीले जारी गर्न लागेको साधारण सेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । इक्राको यो रेटिङले कम्पनीको वित्तीय आधारहरु औसतभन्दा कमजोर रहेको देखाउँछ ।

वि सं २०६४ साल भदौमा प्राईभेट कम्पनीको रुपमा यो जलविद्युत् कम्पनीको स्थापना भएको थियो । लमजुङको फलेनी र वन्सार गाविसको मध्य भागमा रहेको छन्दी खोलामा निर्माण सम्पन्न भएको २ मेगावाट क्षमताको जलविद्युत आयोजनाले नियमित विद्युत उत्पादन सुरु गरी केन्द्रिय प्रशारण लाइनबाट विद्युत बितरण गरिरहेको छ । उसले ४ मेगावाटको अपर छ्याङ्दी आयोजना समेत निर्माण गर्दैछ ।

प्रकाशित मितिः २०७४ जेठ ११

वि.सं.२०७४ जेठ ११ बिहीवार ११:१३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...