काठमाडौं । छिमेक लघुवित्त विकास बैंकले १९.८९ प्रतिशत बोनस सेयर र २५.११ प्रतिशत नगद लाभांश दिने भएको छ ।
छिमेकको बिहीबार बसेको सञ्चालक समिति बैठकले १६ करोड ५९ लाख २९ हजार ३०० रुपैयाँ बराबरको बोनस सेयर र २० करोड ९४ लाख २ हजार ५१५ रुपैयाँको नगद लाभांश दिने निर्णय गरेको हो ।
हाल छिमेकको चुक्ता पुँजी ८३ करोड ४० लाख ७१ हजार रुपैयाँ छ ।
प्रकाशित मितिः२०७४ भाद्र २३
वि.सं.२०७४ भदौ २३ शुक्रवार १३:५० मा प्रकाशित