back
NMB ad

नारायणगढ- मुग्लिन सडक झण्डै २४ घण्टादेखि अवरुद्ध हुँदा यात्रुको बिचल्ली

Kumari bank ad

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड करिब २४ घण्टादेखि अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने कालिखोलामा शुक्रबार बिहान ८ बजे पहिरो खसेपछि अवरुद्ध भएको सडक अझै सन्चालनमा आएको छैन ।
शुक्रबार बिहान ८ बजे खसेको पहिरो हटाउन नपाउँदै पुनः मध्याह्न सवा १२ वजे ठूलो पहिरो खसेपछि बाटो खुलाउन समस्या भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले अवरुद्ध सडक खुलाउन ५ वटा एक्जाभेटर र लोडर प्रयोग गरिएको जानकारी दिका छन् ।

सडक अवरुद्ध भएपछि काठमाडौंतर्फ जाने र काठमाडौंबाट चितवन तर्फ आउन लागेका करिब ४ हजार सवारी साधन र तिनका यात्रुहरु सडकमै अलपत्र परेका छन् । कतिपय गाडीहरु हेटौंडाको बाटो हुँदै आवत-जावत गरे पनि गाडीको चापले सो सडकमा पनि घण्टौं जामा हुने गरेको छ ।

नारायणगढ -मुग्लिन सडकको पहिरो हटाउने काम निरन्तर चलिरहे पनि ठूला -ठूला ढुंगा समेत देखिएकाले साँझैसम्म समय लाग्न सक्ने प्रहरीले बताएको छ ।   (फाइल फोटो)

प्रकाशित मितिः२०७४ असार १७

 

वि.सं.२०७४ असार १७ शनिवार १४:४७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...