back
NMB ad

शुरु भयो गोहीको प्रजनन समय : नदी आसपास जाँदा ख्याल गर्नु, ज्यानै लिन सक्छ !

Kumari bank ad

चितवन । गोहीको प्रजननको समय भएकाले चितवन राष्ट्रिय निकुञ्जले अहिलेको मौसम नदी आसपास जानेक्रममा विशेष ध्यान दिन आग्रह गरेको छ ।

चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले अन्डा पारेर अहिले लुकाउने समय भएकाले यो समयमा गोही थप आक्रामक हुने बताए ।

निकुञ्जको पूर्वी सेक्टरअन्तर्गतको इचर्नी खोला नजिकै गोहीले मानिसलाई आक्रमण गरी हात नै चुँडेर लगेपछि निकुञ्जले नदी आसपासमा सचेत हुन भनेको हो ।

गत बुधबार चितवनको कुमरोजस्थित इचर्नी खोलामा माछा मार्ने क्रममा गोहीले स्थानीयवासी प्रसाद महतोको हात नै खाइदिएको थियो । उनको अहिले भरतपुरस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि गएको चैतमा पनि पौडी खेल्न जाँदा चितवनको जगतपुरका अर्जुन हरिजनलाई गोहीले आक्रमण गरेको थियो । यस्ता घटना यहाँ दोहोरिरहेकाले निकुञ्जले यसतर्फ सचेत गराएको हो ।

पछिल्लो तथ्याङ्कमा चितवनको यो दुई नदीमा १६८ वटा गोही फेला पारिएको थियो । केही समयअघि यहाँ एउटा गोही जालमा अड्किएर मरेको पाइएको थियो ।
२१ जेठ २०७४

वि.सं.२०७४ जेठ २१ आइतवार ०९:२८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...