back
NMB ad

निर्वाचन विरोधी गतिविधिमा संलग्न ४६ पक्राउ

Kumari bank ad

चितवन । निर्वाचन विरोधी गतिविधिमा संलग्न गरी ४६ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । त्यसमा निर्वाचन विरोधी गतिविधिमा संलग्न विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २५ जना रहेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

निर्वाचनपूर्वको सुरक्षा रणनीतिअनुसार जिल्ला सुरक्षा समितिले शुरु गरेको खोजी अभियानका क्रममा विभिन्न आपराधिक क्रियाकलाप र निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको प्रहरीको दावी छ ।

चितवनमा मंसिर २१ गते हुने चुनावलाई शान्तिपूर्ण बनाउन निर्वाचन सुरक्षामा तालीमप्राप्त कुकुरको प्रयोग गरिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई सुरक्षित र भयरहितरुपमा सम्पन्न गर्न जिल्ला प्रहरी कार्यालय चितवनले अवलम्बन गरेका सुरक्षा रणनीतिअनुसार जिल्लाको शंकास्पद वस्तु खोजीका लागि कुकुरको प्रयोग गरिएको हो ।

विभिन्न सात स्थानमा खोजी अभियान चलाउँदा भरतपुर महानगरपालिका वडा नं ५ कल्याणपुरस्थित नहरको झाँडीमा लुकाइ राखेको अवस्थामा कटुवा बन्दुक एक नाल बरामद गरिएको ढकालले जानकारी दिए ।

उक्त बन्दुकमा प्रयोग हुने गोली एक राउण्ड र बम बनाउन प्रयोग हुने बारुदको धुलो १५ ग्रामसमेत फेला पारिएको छ । सो घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विभिन्न ठाउँमा नक्कली बम राखेर तर्साउनेक्रम बढिरहेको भन्दै उनले मतदातालाई ढुक्कसँग निर्वाचनमा भाग लिने वातावरण तयार गर्न प्रहरीले कुनै कसर बाँकी नराख्ने बताए

प्रकाशित मिति : १९ मंसिर २०७४

वि.सं.२०७४ मंसिर १९ मंगलवार १८:५० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...