back
NMB ad

चितवनको पर्यटकीय प्रचारप्रसार सीमावर्ती भारतीय शहरमा

Kumari bank ad

चितवन । मुलुकको तेस्रो ठूलो पर्यटकीय गन्तव्य सौराहाका व्यवसायीले मित्रराष्ट्र भारतसँग सीमा जोडिएका शहरमा यहाँको पर्यटकीय महत्वका बारेमा प्रचारप्रसार गर्ने भएका छन् । भूकम्प, नाकाबन्दी हुँदै नारायणगढ–मुग्लिन सडकका कारण पर्यटन व्यवसाय खस्किएपछि सीमा जोडिएका देशमा यहाँको पर्यटकीय महत्वका बारेमा प्रचारप्रसार गरी पर्यटक भित्र्याउने रणनीतिमा उनीहरु लागेका हुन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार नेपाल पर्यटन बोर्डको सहयोगमा भैरहवा क्षेत्रसँग सीमा जोडिएका क्षेत्रहुँदै गोरखपुर र उत्तर प्रदेशमा प्रचारप्रसार गरिने भएको छ ।

त्यसैगरी, वीरगञ्जदेखि भारतको कलकत्तासम्मका सहरी क्षेत्रमा प्रचारप्रसार गरिनेछ । भारतको पर्यटकीय महत्व बोकेको सिक्किममा पनि प्रचारप्रसार गरिने उनले बताए । गत वर्ष पर्यटन बोर्डको सहयोगमा चीनको संघाइ र बेइजिङ्मा नेपालको पर्यटकीय क्षेत्रका बारेमा प्रचार गरिएको थियो ।

घिमिरेका अनुसार भारत र चीनका पर्यटक मात्र भित्र्याउन सकेमा मात्र पनि सौराहा भरिनेछ । यी दुई देशसँगै एशियाका अन्य देश, युरोप, अमेरिका र स्वदेशी पर्यटक भित्र्याउन सकिने घिमिरेले बताए । सौराहामा सन् २०१२ देखि भूकम्पअघिसम्म वार्षिकरुपमा भित्रने दुई लाख हाराहारी पर्यटकमा ६० प्रतिशत चिनियाँ हुने भएपनि अहिले यो संख्या न्यून रहेको छ ।

त्यसैगरी, सन् २०१० को हाराहारीमा ४० प्रतिशतसम्म पुगेको भारतीय पर्यटकको आगमन घटेर १० प्रतिशतसम्म झरेको छ । घिमिरेका अनुसार यो पर्यटकको उतारचढावलाई रोकेर संख्या बढाउने नयाँ रणनीतिका साथ क्षेत्रीय होटल संघ लागिपरेको छ ।

संघसँग साझेदारी गरी भारतीय बजारमा पर्यटन प्रवद्र्धन गर्न बोर्डले रु १२ लाख बजेट विनियोजन गरेको घिमिरेले बताए । त्यति नै रकम क्षेत्रीय होटल संघले थप गरी प्रचारप्रसार गर्ने उनले बताए । दुर्लभ वन्यजन्तु हेर्नका लागि गरिने जंगल सफारी, थारु संस्कृति, पानीमा गरिने गतिविधिका बारेमा प्रचारप्रसार गरिनेछ । मुख्यरुपमा पर्यटक चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न यहाँ आउने गर्दछन् ।

नयाँ पर्यटकीय गन्तव्यको खोजी गरी बजारीकरण गरिने पनि उनले बताए । सीमा क्षेत्रका भारतीय शहरको टेलिभिजनमा प्रचारप्रसार गर्ने तयारी पनि गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका संस्थापक अध्यक्ष एवं पर्यटन व्यवसायी केशव देवकोटाले यस क्षेत्रको पर्यटनको बजारीकरण निकै कमजोर भएको भन्दै भारत र चीनमा मात्र हामीले चितवनको पर्यटकीय महत्वका बारेमा बुझाउनसकेमा अन्यत्र भरपर्नु नपर्ने बताए ।

नेपालमा यस वर्ष १० लाख पर्यटक भित्रने अपेक्षा गरिरहँदा यहाँ दुईलाख पर्यटक पनि भित्रने नदेखिएपछि व्यवसायी नयाँ रणनीतिका साथ बजारीकरणमा निस्कन लागेका हुन् । गत वर्षमा सौराहामा यतिबेला एक हजार हाराहारी पर्यटक हुनेगरे पनि यस वर्ष दैनिक ८०० पुग्न पनि कठिन भएको छ । जिल्लामा पर्यटकीय महत्व बोकेका १५० होटल रहेका छन् । रासस
प्रकाशित मितिः २०७४ कार्तिक ३

वि.सं.२०७४ कात्तिक ३ शुक्रवार ०९:३८ मा प्रकाशित

You can share this post!

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...