back
NMB ad

चितवनमा यस्तो छ तयारी, आज ९ बजेपछि मतगणना

Kumari bank ad

 

चितवन । चितवनमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना आज बिहानदेखि शुरु हुँदैछ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग बिहीबार साँझ बसेको सर्वदलीय बैठकले आज बिहान ९ बजेबाट मतगणना गर्ने निर्णय गरेको चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिए । चितवनको विकट क्षेत्रका मतपेटिका ल्याउन समय लागेकाले बिहीबार मतगणना हुन नसकेको हो ।

यसपटक भरतपुरस्थित चितवन माविको भवनमा मतगणना हुने शर्माले जानकारी दिए ।

विगतको दुईवटा संविधानसभा निर्वाचनमा पनि सोही स्थानमा मतगणना भएको थियो । स्थानीय तहको निर्वाचनको मतगणना भने भरतपुरको कभर्डहलमा गरिएको थियो । कभर्डहलमा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि मतपत्रको सुरक्षालाई मध्यनजर गरी यहाँ तारजाली लगाएर गणनास्थल बनाइएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए ।

उनका अनुसार तीनवटा निर्वाचन क्षेत्रको नौ स्थानमा मतगणना हुनेछ । यसपटक मतगणनामा कर्मचारी भने सबै महिला राख्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत शर्माले भने, “हाम्रो तर्फबाट गणक महिला छानिसकिएको छ, दललाई पनि महिला राख्न आह्वान गरिएको छ, सकेसम्म महिला नै राख्ने प्रयासमा छौँ ।”

शर्माले अहिले मतगणनास्थल भरतपुरको चितवन माविमा आवश्यक सिसी क्यामेरा, इन्टरनेट तथा बत्तीको व्यवस्थापन गरिएको जानकारी दिए । चितवनमा करिब ७० प्रतिशत मतदान भएको छ । तीन निर्वाचन क्षेत्रमा तीन लाख ५४ हजार ३६ मतदाता थिए ।

वि.सं.२०७४ मंसिर २२ शुक्रवार ०८:५१ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...