back
NMB ad

स्थानीयवासीका लागि छ्याङ्दीको २ लाख ७० हजार साधारण सेयर आजबाट बजारमा

Kumari bank ad

काठमाण्डौं । लमजुङ जिल्लाका आयोजना प्रभावितका लागि छ्याङ्दी हाइड्रोले दुई लाख ७० हजार कित्ता साधारण सेयर आज बुधबारदेखि निष्काशन गरेको छ । हाइड्रोले सर्वसाधारणमा सात लाख २० हजार कित्ता मध्येबाट आयोजना प्रभावितका लागि उक्त सेयर निष्काशन गरेको हो ।

सेयरमा आवेदन गर्न लगानीकर्ताले फलेनी गाविसमा रहेको हाइड्रोको साइट कार्यालय, ग्लोबल आईएमई बैंक, बेंशिशहर, प्यासिफिक डेभलपमेण्ट बैंक, भोटेओडार र कैलाश विकास बैंक बेंशिशहरमा सम्पर्क राख्नु पर्ने हुन्छ । कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । यो साधारण सेयरमा लगानीकर्ताले छिटोमा माघ ५  र ढिलोमा माघ २० गतेसम्ममा आवेदन दिनु पर्ने हुन्छ ।

कम्पनीका अनुसार आयोजनाबाट अति प्रभावित तथा प्रभावित लमजुङका फलेनी, बसन्तपुर, ढडेनी, चिति, नौथर र बेंशीशहर नगरपालिकाका बासिन्दालाई ४० प्रतिशत, तथा अरु न्युन प्रभावित बासिन्दाहरुका लागि २० प्रतिशतका दरले सेयर बाँडफाँड गरिने छ ।

लमजुङकोे फलेनी र वन्सार गाविसको मध्य भागमा रहेको छन्दी खोलामा निर्माण सम्पन्न भएको २ मेगावाट क्षमताको जलविद्युत आयोजनाले नियमित विद्युत उत्पादन सुरु गरी केन्द्रिय प्रशारण लाइनबाट विद्युत बितरण गरिरहेको छ ।

२० पुस २०७३, ११।००

वि.सं.२०७३ पुस २० बुधवार १२:०३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...