back
NMB ad

नागरिक लगानी कोष अन्यमा सामेल, सेयर बजारमा के हुन्छ असर ?

Kumari bank ad

काठमाडौ । नागरिक लगानी कोषको समुहगत परिसूचक परिवर्तन भएको छ । फाईनान्स समुहबाट कारोकार भईरहेको नागरिक लगानी कोषलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पुस २३ गते आईतबारदेखि फाइनान्स समूहबाट हटाएको छ । सेयर बजारमा सूचीकृत कम्पनीको कामको प्रकृतिअनुसार विभाजन गरेर समूहगत सूचक निर्माण गर्न कोषलाई फाइनान्स समूहबाट हटाएर अन्य समूहमा समावेश गरिएको नेप्सेले जनाएको छ ।

नागारिक लगानी कोषलाई फाइनान्स समूहबाट हटाएपछि यस समूहमा सूचीकृत कम्पनीको संख्या ३० हुनेछ भने अन्य समूहमा बढेर ४ पुग्नेछ । चारवटा कम्पनी रहेपनि ठूला कम्पनीहरु नेपाल टेलिकम, नगारिक लगानी कोष, जलविद्युत्त लगानी विकास कम्पनी यस समूहमा रहनेछन् ।

फाइनान्स समूहमा नागरिक लगानी कोषको कारोबार मापन गरिँदा लगानीकर्ताले वास्तविक प्राइस मुभमेण्ट थाहा पाउन सकेका थिएनन् । अब भने फाइनान्स समूहमा सूचीकृत नागरिक लगानी कोष त्यो समूहबाट हटेर अन्य समूहमा परिवर्तन भएको छ ।

नेप्सेले यसभन्दा अघि विकास बैंक समूहबाट माइक्रोफाइनान्सलाई छुट्याएर छुट्टै लघुवित्त समूहको नयाँ समूहगत परिसूचक सुरु गरिसकेको छ । हाल नेप्सेमा समूहगत परिसूचकको संख्या १० रहेका छन् ।

नागरिक लगानी कोष नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त कम्पनी नभएकाले अन्य समूहमा लगिएको हो । सरकारी लगानीको फरक प्रकृतिको वित्तीय सेवा प्रदान गर्ने नागरिक लगानी कोषको नेप्सेमा ७४ लाख २ हजार ४४७ कित्ता सेयर सूचीकृत छ । आइतबार कोषको प्रतिकित्ता सेयरमूल्य तीन हजार ५ सय ६५ रुपैयाँ रहेको छ ।

नेप्से परिसूचक १४३१ अंकमा रहँदा अन्य समूहको समूहगत परिसूचक ७७२ अंकमा छ भने फाइनान्स समूहको परिसूचक अन्यभन्दा थोरै ७३१ अंकमा रहेको छ । नेप्सेको स्थापना हुँदा सुरुमा ६ वटा मात्र उपसमूह थिए ।

सूचकलाई वास्तविक बनाउनका लागि २०५८ सालमा ती सूचकलाई टुक्राएर नौ वटा बनाइएको थियो । कात्तिक पहिलो हप्ताबाट लघुवित्त समूहलाई विकास बैंकबाट टुक्राएपछि अहिले बैंक, विकास बैंक, वित्त, होटल, जलविद्युत, बीमा, उत्पादन, अन्य र व्यापार र लघुवित्त गरी १० समूहमा कम्पनीहरुको सेयर कारोबार मापन भैरहेको छ ।

२०७४ पुष २४ गते प्रकाशित

वि.सं.२०७४ पुस २४ सोमवार ०९:१८ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...