काठमाडौं । नाडा अटो शोमा ग्राहकहरुले आफ्नो छनौटको गाडी चढ्डा ऋण पाउने हो की होईन भन्ने अन्यौलताबाट मुक्ति पाउने भएका छन् । सिभिल बैंक लिमिटेडले नाडा अटो शोमा आउने सबै ग्राहकहरुलाई पूर्व स्वीकृत अटो लोन सुविधा प्रदान गर्ने भएको छ । साथै बैंकले आफ्नो बेस रेटमा शुन्य प्रतिशत प्रिमियम जोडी बेस रेटमानै सो अटो लोन सुविधा प्रदान गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बताए । यो योजना सिमित अवधिको लागी प्रदान गरिने कुरा बैंकले जनाएको छ ।
१३ भदौ २०७४
वि.सं.२०७४ भदौ १३ मंगलवार १८:३३ मा प्रकाशित