back
NMB ad

सिभिल बैंक र इन्टरनेशनल फाइनान्सले थाले एकिकृत कारोबार

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंक तथाकम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृती प्राप्त भएपछि आजदेखि सिभिल बैंक लि.र इन्टरनेशनललिजिङ्ग एण्ड फाईनान्स कम्पनीको संयुक्त कारोवार शुरु गरेको छ । मर्जर पछि बैंकको नाम सिभिल बैंकनै रहेको र बैंकको संचालक तथा उच्च व्यवस्थापनमा पनि कुनै परिर्वतन नभएको बैंकले जनाएको छ ।

यो मर्जर पश्चात बैंकको शाखा संख्या ५१ पुगेको छ । रु २३ करोड चुक्तापुँजी रहेको युनिक फाईनान्स र रु २२ करोड चुक्तापुँजी रहेको हामामर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर गरिसकेको सिभिल बैंकको चुक्तापुँजी यो खरिद पछी रु ५ अर्ब ५४ करोड पुग्नेछ ।

यस मर्जरबाट बैंकको व्यवसायगर्ने क्षमता वृद्घि भई केहि ठूला परियोजनाहरु लगायत उद्योग व्यवयसायमा थप लगानी गर्न सहजहुने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । T-24 नामक अत्याधुनिक अपरेटिङ्ग सफ्टवेयर प्रयोग गरेको सिभिल बैंकले आगामी दिनहरुमा नयाँ तथा ग्राहकमुखी थप सेवाहरु पनि थप्दै लाने जनाएको छ ।

साथै २०७४ असाढ मसान्तसम्म बैंकको चुक्तापुँजी ८ अर्ब पु¥याउन बैंकले बोनस शेयर र हकप्रद शेयर एवम् अन्य बैंक तथा वित्तीयसँग गाभ्ने र गाभिने प्रक्रियालाई पनि साथ–साथै अगाडि बढाइने बैंकका प्रमुख कार्यकारी अधिकृत महर्जनले बताए ।

३० असोज २०७३

वि.सं.२०७३ कात्तिक १ सोमवार ०९:१४ मा प्रकाशित

You can share this post!

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:३०

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन...