काठमाण्डौं । सिभिल बैंकले ३० प्रतिशत हकप्रद बेच्ने निर्णय गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले पूर्व घोषित २० प्रतिशत हकप्रदमा १० प्रतिशत थपेर चुक्ता पूँजी बढाउने निर्णय गरेको हो ।
हामा र युनिकललाई एक्वायर गर्ने प्रकृयामा रहेको बैंकले पूँजी योजना अनुसार गत बर्षको नाफाबाट दिने २.८० प्रतिशत बोनस तथा दुबै संस्थाको एक्वायरपछि कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । बैंकले यसअघि इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीलाई पनि गाभिसकेको छ ।
३१ चैत २०७३, ७।००
वि.सं.२०७३ चैत ३१ बिहीवार ०७:४१ मा प्रकाशित