Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Monday, November 20, 2017

बैंकको १०० रुपैंया अंकित २ अर्ब ७ करोडको यो सेयर निष्काशनबारे जान्नुहोस् !

November 14, 2017

share market positive profit stock

काठमाडौ । सिभिल बैंकले ४० प्रतिशत हकप्रद जारी गर्न मंसिर ५ गते बुक क्लोज गर्ने भएको छ । यसआधारमा मंसिर ४ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउने हुँदा मंसिर ४ गते भित्र नै सेयर किनिसक्नुपर्ने हुन्छ ।

civil bank book closed

सिभिल बैंकले ४० प्रतिशत हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पनि पाइसकेको छ । अब बैंकले छिट्टै नै हकप्रद निष्काशन गर्नेछ ।

बैंकले १०ः४ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले २ करोड ७ लाख ४० हजार ८८६ कित्ता अर्थात २ अर्ब ७ करोड रुपैंया बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

लक्ष्मी क्यापिटल मार्केटले हकप्रदको बिक्री प्रबन्धकको काम गर्नेछ । ४० प्रतिशत हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः २०७४ कार्तिक २८

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु