back
NMB ad

कामपाका सबै वडामा निरन्तर सफा गरिने, धुलो सफा गर्न ५ वटा ब्रुमर ल्याइंदै

Kumari bank ad

काठमाडौँ । काठमाडौँ महानगरपालिका सबै वडामा निरन्तर सफा गरिने भएको छ ।

गत बिहीबारदेखि नवनिर्वाचित प्रमुख तथा उपप्रमुखसहितले ‘क्लिन द सिटी’ अभियानको सुरुआत गरेका थिए । तत्कालका लागि कामपाले बाँसबारीबाट चक्रपथतर्फ, एअरपोर्टबाट गौशालातर्फ, बल्खुबाट कुलेश्वरतर्फ र कलङ्कीबाट सोल्टी मोडतर्फ गरी चार मार्गमा सरसफाइ गर्ने योजना राखेको छ ।

सोअभियानअन्तर्गत सडकको धुलो बढार्ने, सडक किनारा सफा गर्नेसम्मका काम हुनेछन् । सफा गरिएको दिन सङ्कलित धुलो टेकु ल्याइने महानगरपालिका, वातावरण व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।

बुधबार पद तथा गोपनीयताको शपथ गरेपछि महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले बिहीबार बिहान बूढानीलकण्ठ नगरपालिका र काठमाडौँ महानगरपालिकाको सिमानामा रहेको बाँसबारीमा सफाइको काम सुरुआत गरेका थिए ।

महानगरले धुलोलाई व्यवस्थित गर्न पाँच वटा बु्रमर मेसिन खरिद गर्न लागेको महानगरका पुर्व मेयर केशव स्थापितले फेसबुक मार्फत जानकारी दिएका छन् । १८ करोड खर्चेर ल्याउन लागिएको बु्रमरको लागि आवश्यक बजेट अर्थमन्त्रलयबाट स्वीकृत भइसकेको स्थापितले जानकारी दिए ।

keshav sthapit

मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने क्रममा खनिएका सडकका कारण काठमाडौं उपत्यकाका अधिकांश सडक धुलाम्मे छन् । घाम लाग्दा धुलो उड्ने र पानी पर्दा हिलो हुने हुँदा काठमाडौंबासीले सास्तीमात्रै खेप्नु परेको छ । यही समस्याको समाधानका लागि काठमाडौं महानगरपालिकाले यसै आर्थिक वर्षभित्रै ५ वटा ब्रुमर मेसिन किन्ने भएको छ । राती सडक पखाल्न सुरु गरिसकेको महानगरपालिकाले १८ करोड खर्चेर ५ वटा ब्रुमर खरिदका लागि अर्थमन्त्रालयबाट रकम निकासा पनि पाएको छ । रातीको समयमा सडक पखाल्ने कामलाई पनि जारी राखिनेछ ।

वि.सं.२०७४ जेठ २० शनिवार ०९:३० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...