back
NMB ad

दश वटा जहाज थपेर विमानस्थल २४ सै घण्टा सञ्चालन गर्नुपर्छ : सीएन पाण्डे

Kumari bank ad

काठमाडौं । नेपाल एसोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) को आगामी १२ जनवरी  २०१८ मा हुने अधिवेशनमा वर्तमान प्रथम उपाध्यक्ष सिएन पाण्डेले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । पाण्डेले बुधबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै आफु सर्वसम्म हुने दावी समेत गरे । पाण्डेले आफुलाई वर्तमान कार्यसमिति र अग्रजहरुले अध्यक्षमा अगाडी बढाएको बताउँदै सबै पक्षले सर्वसम्मत रुपमा स्वीकार गर्ने बताए । प्रस्तुत छ पाण्डेसंग गरिएको कुराकानीको संपादित अंश :

अध्यक्षमा तपाईको उम्मेदवारी किन ?
–विगत २७ वर्षदेखि पर्यटन व्यवसाय र डेढ दशकदेखि नाट्टाको संस्थागत विकासमा क्रियाशिल रहँदै आएको छु । नाट्टाको पोखरा च्याप्टरको विभिन्न पदमा रहँदै नाट्टा केन्द्रीय समितिमा ८ वर्षदेखि सदस्य, कोषध्यक्ष, द्वितिय उपाध्यक्ष र हाल प्रथम उपाध्यक्षको रुपमा काम गरिरहेको छु । यो बीचमा मैले नाट्टाको संस्थागत विकासमा धेरै काम गरेको छु । र अब नाट्टा मार्फत पर्यटन व्यवसायलाई प्राथमिकताको उद्योगको रुपमा स्थापित गर्न म संयोजक रहेको गोल्डेन जुब्ली उद्घाटन र समापन कार्यक्रमको प्रमुख एजेण्डा हो । यसलाई कार्यान्वयन गराउने मुख्य काम हो । र यसका लागि सरकारसँग समन्वय गर्न म सक्षम रहेको छु ।

तपाई सर्वसम्मत नेतृत्वको पक्षमा हो ?
–नाट्टाको वर्तमान कार्यसमितिमा, अग्रजहरु युवा व्यवसायीहरु सबैको चाहना र मैले प्रथम उपाध्यक्षको रुपमा दिएको सफल नेतृत्वको सबै व्यवसायीले सर्वसम्मत हुन आग्रह गर्नुभएको छ । म पनि सबै व्यवसायीलाई समेटेर अघि बढ्न तयार छु । सांगठनिक नेतृत्वका हिसाबले म सक्षम छु । डेढ दशकदेखि नाट्टाको विभिन्न जिम्मेवारीमा रहँदै कुशलतापूर्वक जिम्मेवारी पूरा गरेको छु । यस कारण म सर्वसम्मत नेतृत्वको आकांक्षी र सर्वसम्मतीको पक्षमा छु ।

नेपालका ट्राभल व्यवसायीका समस्या पनि धेरै छन यसमा तपाईको धारणा के छ ?
–यसका विविध समस्या सरकारसँग जोडिएका छन । कतिपय नीतिगत सम्बोधन गर्नुपर्ने विषय पनि रहेका छन । तीनको समाधानका लागि सरकारसँग सहज रुपमा समन्वय गरेर सबै विषय टुंग्याउने मेरो चाहना छ । नेपालको पर्यटन व्यवसायको मेरुदण्डको रुपमा रहेको ट्राभल व्यवसायलाई अझै आकर्षक र समस्या रहित बनाउन मेरो भूमिका महत्वपूर्ण हुनेछ ।

टिकेटिङ र भुक्तानीका समस्या पनि व्यापक छ कसरी समाधान गर्नुहुन्छ ?
–म लामो समयदेखि यस व्यवसायमा संलग्न छु । हाम्रो समूहमा टिकेटिङको प्रमुख विक्रेताहरुको सहभागिता हुन्छ । त्यहाँ भएका समस्याहरुको एकमुष्ठ रुपमा समाधानका निम्ति मैले प्राथमिकताका साथ काम गर्छु ।

ट्राभल व्यवसायमा ठूला र साना दुबैखाले लगानी छन यसको बीचमा केही दूरीजस्तो देखिन्छ यसलाई संयोजन गरेर सबै व्यवसायीलाई सन्तुष्ट तुल्याएर कसरी नेतृत्व दिनुहुनछ ?

–म आफैँ सानो लगानीबाट सुरु गरेर आज व्यवसायको विस्तारको चरणमा अघि बढीरहेको छु र म दुबैखाले व्यवसायीसँग निकट रहेर काम गरिरहेको छु । म नेतृत्वमा आएपछि साना लगानीका व्यवसायीलाई पनि थप लगानी गरी व्यवसाय वृद्धिका लागि सोही अनुसारको वातावरण सिर्जना गरी प्रेरित गर्छु । ठूला व्यवसायीको लगानीको संरक्षण गर्दै व्यवसायिक वातावरणलाई अझ मजबुद बनाउन भूमिका खेल्छु ।

cn pandey natta
तपाईहरुको व्यवसायमा केही विकृतिहरु पनि छन त्यसको न्यूनिकरणका लागि के योजना छ ?
–यो व्यवसायमा भएका विकृतिहरुको न्यूनिकरणका लागि हामीसँग ठोस योजनाहरु रहेका छन । हामी रेटमा बेञ्चमार्क कायम गर्छौं । अनधिकृत रुपमा सञ्चालित टिकेटिङ, टुरका लागि सरकारसँग समन्वय गरी नियन्त्रणको प्रयास गर्छांै । अन्तर्राष्ट्रिय बजारिकरण गर्न हाम्रा सदस्यहरुलाई सहुलियतका प्याकेजहरु निर्माण गरी पर्यटन बोर्ड मार्फत समन्वय गरी अघि बढाउछौँ ।

नेपाल भित्रै पछिल्लो पटक नेपालीहरुको घुम्ने बानीको विकास भएको छ । त्यसका लागि आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने कुनै योजना छन ?
–अवश्य छन । हामी नेपाल सरकार, निजी क्षेत्रको समन्वयमा ‘पे अन लिभ’को अवधारणामा कम्तिमा १५ दिन देशभित्रै घुम्नेगरी आधिकारिक ट्राभल एजेन्सि मार्फत घुम्ने व्यवस्था मिलाउँछौँ । जसले व्यवसायीलाई समेत एक तह माथि पुग्न टेवा पुग्छ ।

भएका पर्यटकीय गन्तव्यको संरक्षण र नयाँको खोजी र बजारिकरणका लागि केही योजना छन कि ?
– गोल्डेन जुब्लि समापन समारोहमा केही मुख्य पर्यटकीय गन्तव्यहरुका निर्वाचित प्रमुखहरुसंग व्यवसायीकोमाझ प्रतिबद्धता जनाउन कार्यक्रम सञ्चालन गर्यौं । र थप गन्ततव्यको पहिचान गरि पर्यटक विस्तार गर्न बसाई लम्व्याउन रणनीतिक योजना कार्यान्वयन गर्न पहल गर्छौं ।

पर्यटक आगमन बृद्धिको योजना के छ ?
–हामी नेपाल पर्यटन बोर्डसँग सहकार्य गरी अन्तर्राष्ट्रिय बजारमा नेपालका पर्यटन व्यवसायीको व्यापक रुपमा सहुलियत मेला व्यवसायको आयोजना गर्छौ । पर्यटक गन्त्यवबाट नेपालमा थप पर्यटक भित्र्याउन वायुसेवा कम्पनीलाई नेपालमा सीधा सम्पर्क गर्ने व्यवस्था मिलाउन पहल गर्छांै । संसारमा जुन देशको वायु सेवा प्रभावकारी हुन्छ त्यही देशमा पर्यटकको संख्या अत्याधिक वृद्धि हुन्छ । त्यसका लागि सरकारलाई नेपाल एयरलाइन्सको सेवा विस्तार गर्न कम्तिमा थप १० थान जाहाज खरिद गराउन पहल गर्छांै । त्रिभुवन विमानस्थलको क्षमता वृद्धि गरी २४ सै घण्टा सञ्चालन गर्ने, बन्दै गरेका अन्तर्राष्टिय विमानस्थल यथासक्य निर्माण गरी सञ्चालन गराउन पहल गर्ने र पूर्वाधारमा सडक, द्रूतमार्गको विकास, पार्कहरुको निर्माण सञ्चालन लगायतका गर्न विशेष पहल गरिनेछ ।

२०७४ पुस २० गते प्रकाशित

वि.सं.२०७४ पुस २० बिहीवार १६:४७ मा प्रकाशित

You can share this post!

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का   

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का   

वि.सं.२०८० चैत ६ मंगलवार ०७:१२

काठमाडौँ, ६ चैत : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक...

सहकारीको यकिन तथ्याङ्क निकाल्न मन्त्रालयले पहल गर्छः मन्त्री अधिकारी   

सहकारीको यकिन तथ्याङ्क निकाल्न मन्त्रालयले पहल गर्छः मन्त्री अधिकारी   

वि.सं.२०८० चैत ६ मंगलवार ०७:०५

काठमाडौँ, ५ चैत : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

पुँजीगत खर्च वृद्धि गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह   

पुँजीगत खर्च वृद्धि गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह   

वि.सं.२०८० चैत ६ मंगलवार ०६:५८

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सले पुँजीगत खर्चमा वृद्धि गरी...

कुमारी बैंकले सुरु गर्याे रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर सुविधा

कुमारी बैंकले सुरु गर्याे रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर सुविधा

वि.सं.२०८० चैत ६ मंगलवार ०६:५३

काठमाडौं । कुमारी बैंक लिमिटेडले, आफ्नो नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग...

निसीखोला बस दुर्घटना : नौ जनाको मृत्यु, २८ घाइते   

निसीखोला बस दुर्घटना : नौ जनाको मृत्यु, २८ घाइते   

वि.सं.२०८० चैत ६ मंगलवार ०६:४६

ढोरपाटन (बागलुङ), ६ चैत : बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको...

साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै   

साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै   

वि.सं.२०८० चैत ६ मंगलवार ०६:४२

काठमाडौँ, ६ चैत : सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति...