back
NMB ad

नाट्टामा सिएन पाण्डे समुह ‘यी हुन् उम्मेदवार-यस्तो छ घोषणा’

Kumari bank ad

काठमाडौ । निर्विरोध नयाँ कार्यसमिति चयनको पहल गरेको नाट्टामा अन्तत नेतृत्वको लागि चुनाव हुने भएको छ । संस्थाका वर्तमान प्रथम उपाध्यक्ष सिएन पाण्डेको नेतृत्वमा सर्वसहमतीमा कार्यसमिति चयनको पहल भएपनि सहमती हुन नसक्दा निर्वाचन हुने भएको हो ।

नेतृत्वको लागि चुनाव हुने निश्चित भएसंगै नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेण्ट (नाट्टा)को आगामी कार्यकालको लागि सिएन पाण्डे समुहले आफ्ना उम्मेदवार सार्वजनिक गरेको छ । ठमेलको होटल वैशालीमा एक कार्यक्रम गर्दै पाण्डे समुहले आफ्ना उम्मेदवार सार्वजनिक गरेको हो ।

उम्मेदवार परिचय कार्यक्रममा बोल्दै नाट्टाका अध्यक्षका उम्मेदवार सिएन पाण्डेले पर्यटन क्षेत्रको विस्तार र सुधारमा आफु कटिबद्ध रहेको बताएका छन् । सम्पुर्ण व्यावसायीहरुको एकता समृद्धि र व्यवसायीक हितलाई आफ्नो गतिविधीको मुख्य आधार बनाउने भन्दै पाण्डेले नेतृत्वको लागि आफुले उम्मेद्वारी दिएको बताए ।

पाण्डे समुहबाट प्रथम उपाध्यक्षका उम्मेदवार अच्युत गुरागाईले नाट्टामा सर्वसम्मत नेतृत्वको पहल गर्दै गर्दा व्यवसायीक हित भन्दा पदलोलुपतामा लिप्त केहि व्यवसायीले निर्वाचन हुने वातावरण सिर्जना गरेको आरोप लगाएका छन् । नाट्टामा राजनीति गर्नका लागि केहि समुह व्यवसायीको हित भन्दा बाहिर गएर अन्तिम समयमा उम्मेद्वारी दिएको भन्दै उनले आफ्नो समुहले निश्वार्थ रुपमा व्यवसायीको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

cantidate natta 2018

पाण्डेको समुहबाट द्धितिय उपाध्यक्षमा सुनिल शर्मा, महासचिवमा रमेश थापा, सचिवमा हरीभक्त श्रेष्ठ, कोषाध्यक्षमा राजकुमार थापा र सहकोषाध्यक्षमा सुरेन्द्र भट्टराईले उम्मेद्वारी घोषणा गरेका छन् । सदस्यहरुमा सुदर्शन नेपाल, देवकी गुरुङ, कुमारमणी थपलिया, फुरी गेल्जेन शेर्पा, रमेश पौडेल, रोमश श्रेष्ठ, राजु ढकाल र ईनु थापा उम्मेदवार बनेका छन् ।

ghoshana patra natta

२०७४ पुष २४ गते प्रकाशित

वि.सं.२०७४ पुस २४ सोमवार १७:२९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...