back
NMB ad

तरलता अभावका कारण कस्ता जटिलता निम्तँदैछ, हेर्नुहोस् !

Kumari bank ad

काठमाडौ। विकास निर्माणका ठूला परियोजनामा लगानी गर्न पर्याप्त रकम मुलुकका बैंक तथा वित्तीय संस्थाहरूमा नरहेको जनाउँदै उद्यमी व्यवसायीले उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

नेपाल उद्योग परिसङ्घले टोलिले बिहिबार अर्थमन्त्री कृष्णबहादुर महरालाई भेटेर गत असोजदेखि सुरु भएको तरलता अभावबारे जानकारी गराएको थियो । परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले हाल बैंकिङ क्षेत्रबाट नयाँ कर्जा प्रवाह हुन नसकेको, पुराना कर्जाको ब्याजदर बढ्दै गएको, रकम अभावले सञ्चालनमा रहेका परियोजनाका काम अवरुद्ध भएको र  बढ्दो ब्याजदरले देशको औद्योगिक क्षेत्रको लागत बढेकाले त्यसको असर उपभोक्तामा परेको वास्तविकता अर्थमन्त्रीसमक्ष प्रस्तुत गरेको थियो ।

प्रतिनिधिमण्डलले मुलुकको वित्तीय प्रणालीमा उत्पन्न तरलताको समस्या समाधान गर्न नीतिगत सुझावसमेत प्रस्तुत गरेको थियो । कर्जाको बढ्दो ब्याजदरले नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने, आयात बढ्ने, लगानीमा गिरावट आउने, निर्यातमा असर पर्ने र रोजगारीका अवसर घटेर अर्थतन्त्र सङ्कुचन हुने भएकाले तत्काल सरकारी हस्तक्षेप हुनुपर्ने सुझाव परिसङ्घले दिएको छ ।

प्रकाशित मितिः २०७३ माघ २१

वि.सं.२०७३ माघ २१ शुक्रवार १२:०४ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...