back
NMB ad

उद्योग परिसंघको संजाल पोखरामा विस्तार,संघीय संरचना अनुरुप परिसंघका गतिबिधि अगाडि बढ्ने

Kumari bank ad

पोखरा । नेपाल उद्योग परिसंघले प्रदेश नंवर ४ को प्रशासनिक तथा आर्थिक केन्द्र पोखरामा आफ्नो सञ्जाल विस्तार गरेको छ । पोखरा र आसपासका क्षेत्रमा सञ्चालित उद्योगहरुको संगठन पोखरा उद्योग संघलाई परिसंघको संस्थागत सदस्यता प्रदान गरेर समग्र ४ नंवर प्रदेशका उत्पादनमुलक तथा सेवा उद्योगहरुको प्रतिनिधि संस्थाका रुपमा विकास गर्ने उद्देश्यसहित सञ्जाल विस्तार गरिएको हो । मुलुक संघीय प्रणालीमा प्रवेश गरिसकेको अवस्थामा औद्योगिक क्षेत्रको छाता संगठन परिसंघले पनि सोही अनूरुप सञ्जाल विस्तार गरेको परिसंघका अध्यक्ष हरिभक्त शर्माले बताए ।

४ नंवर बाहेकका अन्य प्रदेशमा स्थानीय उद्योग संगठन र आफ्ना च्याप्टरमार्फत परिसंघ पहिले देखि नै सक्रीय छ । ‘पोखरा उद्योग संघको प्रवेशसँगै ४ नंवर प्रदेशमा पनि परिसंघको उपस्थीति स्थापित भएको छ,’ अध्यक्ष शर्माले भने, ‘आगामी दिनमा यसको क्षमता विस्तार गर्दै थप सक्षम र प्रभावकारी बनाएर समग्र प्रदेशमा औद्योगिकरण तथा उद्यमशिलता विकासमा योगदान पु¥याउने हाम्रो लक्ष्य हो ।’

पोखरा उद्योग संघका अध्यक्ष विनोद शर्मा न्यौपानेले पोखरा आसपासका उद्योग प्रतिष्ठानहरुले राष्ट्रिय स्तरमा आफ्ना मुद्दाहरुको पैरवी गर्ने र समस्या समाधानका लागि सहयोग गर्ने सशक्त संस्थाको आवश्यकता महशुुस गरिरहेको अवस्थामा परिसंघले त्यसको परिपूर्ति गरेको धारणा राखे । ‘लामो अनुभवबाट हामी के निकर्षमा पुग्यौं भने उद्योगहरुको समस्या पहिचान गर्न र समाधानका आवश्यक उपायहरु सझाउनुका साथै नीति निर्माण तहमा सशक्त रुपमा पैरवी गर्न उद्योगीहरुकै संस्था चाहिने रहेछ,’ न्यौपानेले भने ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले उद्योग र वाणिज्यको संवन्ध नङ र मासु जस्तै हुने भएकाले आपसी हितका लागि प्रतिस्पर्धा नभई सहकार्य फलदायी हुने धारणा राख्दै परिसंघ सँग सहकार्य गर्न आफु र आफ्नो संस्था सधै तयार रहेको जानकारी दिए । ‘परिसंघ सँग हाम्रो कुनै दुश्मनी छैन, आर्थिक समृद्धिका लागि दाजु भाई सरह हातेमालो गर्न केही समस्या हुने छैन,’ पालिखेले भने ।

पोखरा उद्योग संघको १५ औं वार्षिक साधारणसभा र परिसंघको सदस्यता ग्रहण समारोहका प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले औद्योगिकरण विना कुनै पनि देशको समृद्धि सम्भव नभएको बताउँदै संघ र परिसंघको सहकार्य प्रस्तावित ४ नंवर प्रदेशमा उद्योगधन्दाको विस्तार र उद्यमशिलता विकासका लागि कोषेढुङगा सावित हुने विश्वास ब्यक्त गरे ।

पोखरा उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नवराज ढुङगानाले आफ्नो क्षेत्रमा उद्योगधन्दाको विस्तारका लागि आवश्यक पूर्वाधार विकास तथा व्यवस्थापनमा उपमहानगरपालिकाले सक्दो सहयोग गरिरहेको र आगामी दिनमा पनि त्यस्तो सहयोग जारी राख्ने प्रतिवद्धता ब्यक्त गरे ।

परिसंघको सञ्जाल तथा च्याप्टर हेर्ने उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले औद्योगिकरणको सम्भावना भएका सबै स्थानमा सञ्जाल विस्तारको रणनीति अनुरुप पोखरामा परिसंघको आगमन भएको बताउँदै अन्य स्थानमा पनि सम्भाव्यताका आधारमा सञ्जाल विस्तार गर्दै जाने धारणा राखे ।

प्रकाशित मितिः २०७३ मंसिर १९

वि.सं.२०७३ मंसिर २० सोमवार ००:५५ मा प्रकाशित

You can share this post!

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:५५

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच...

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४८

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना...

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...