back
NMB ad

जिडिपीको कम्तिमा १० प्रतिशत रकम पूर्वाधारमा विनियोजन गर्न सिएनआईको माग

Kumari bank ad

काठमाडौ। नेपाल उद्योग परिसंघ (सिएनआइ) को प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरि अर्थतन्त्रका चुनौती र समाधानका लागि सरकारलाई ध्यानाकर्षण गराएको छ। परिसंघ अध्यक्ष हरिभक्त शर्मा नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थव्यवस्थाका वर्तमान चुनौतीको विश्लेषण गर्दै समाधानकालागि सरकारको ध्यानाकर्षण गराएको हो।

भेटमा अध्यक्ष शर्माले विश्व अर्थतन्त्रमा संकुचन आएपनि नेपाली अर्थतन्त्रमा आशा गर्ने ठाउँ देखिएको हुँदा सरकारका अगाडि राम्रो अवसर आएको बताए। ‘सरकारले थालनी गरेका पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, हेटौँडा–निजगढ द्रूतमार्ग, माथिल्लो तामाकोशी, मेलम्ची खानेपानी आयोजनाजस्ता राष्ट्रिय गौरवका परियोजना निर्माणमा तिब्रता दिनु पर्छ, उनले भने, पूर्वाधार निर्माणको लागि कुलगार्हस्थ उत्पादन (जिडिपी) को न्यूनतम् १० प्रतिशत रकम विनियोजन गर्नु पर्ने आवश्यकता रहेको छ।’

ठोस रुपमा औद्योगिक विकासका लागि ‘इण्डष्ट्रीयल क्लसटर’ निर्माण गरि धरमराउँदो अवस्थामा रहेको निजी क्षेत्रलाई सबलीकरण गर्न नीतिगत सुधार तर्फ पनि ध्यान दिनु पर्ने उनले बताए।

प्रधानमन्त्री देउवाले अर्थतन्त्रमा गतिशीलता देखिएको हुँदा सरकार निजी क्षेत्रलाई समेट्दै दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्ने दिशामा प्रयासरत रहेको जानकारी दिए। साथै उनले उदार आर्थिक नीति र लगानी वृद्धिमार्फत राष्ट्रिय लक्ष्य अनुरुप दीगो र समावेशी आर्थिक वृद्धिदर हासिल गर्न सरकार गम्भीर रहेको पनि दोहोर्याए।

प्रकाशित मितिः २०७४ असार ५

वि.सं.२०७४ असार ५ सोमवार ११:४० मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...