back
NMB ad

३२ वर्षदेखि अनुमति नै नलिई कोकाकोला कम्पनी सञ्चालनमा !

Kumari bank ad

काठमाडौ । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको बोटलर्स नेपाल (कोकाकोला) कम्पनी ३२ वर्षसम्म अनुमतिपत्र नलिई सञ्चालनमा रहेको फेला परेको छ ।

नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले बुधबार गरेको अनुगमनका क्रममा २०४१ सालदेखि हालसम्म अनुमतिपत्र नलिई कम्पनी सञ्चालन भइरहेको फेला परेको हो । कार्यालयका प्रमुख शशिभूषण यादवले पछिल्लो समय अनुमतिपत्र नलिई धेरै कम्पनीहरु सञ्चालनमा रहेका उजुरी आएपछि अनुगमन कार्य बढाएको बताए ।

उनले भने “कोकाकोला जस्तो बहुप्रतिष्ठित कम्पनीले लामो समयदेखि अनुमतिपत्र नलिई सञ्चालन गरिरहेको छ भने अरुको हालत के होला ?” । उक्त कम्पनीबाट कानुन बमोजिम चार हजार रुपैंया जरिवाना असुल गरिएको छ ।

यस्तै औद्योगिक क्षेत्रभित्रै सञ्चालन भएका कर्माचार्य प्लास्टिक उद्योग, मोर्डन चप्पल इन्डट्रिज, बालाजु दाल मिल समेत अनुमतिपत्र नलिई सञ्चालनमा रहेका र ढक तराजु जाँच नगरेको फेला परेको छ । यी तीनवटै कम्पनीको ढक तराजु जफत गराई तीनदिनभित्र कार्यालयमा उपस्थित हुन पत्र पठाइएको कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः २०७३ असोज १३

वि.सं.२०७३ असोज १३ बिहीवार १८:४० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...