back
NMB ad

कोलम्बिया बिमान दुर्घटनाः मृतक खेलाडीको मृत शरीर ब्राजिल पठाइयो

Kumari bank ad

कोलम्बियामा गत सोमबार भएको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको शव शुक्रबार ब्राजिल लगिएको छ । ब्राजिलका खेलाडीको टोली रहेको उक्त विमान घटना हुँदा ७१ जनाको मृत्यु भएको थियो ।
उनीहरुको शव स्वदेश फर्काउदा उनीहरुलाई अन्तिम विदाई गर्न फुल, सेतो बेलुन र झण्डा लिएर हजारौंँ मानिस विमानस्थल वरीपरिका सडकमा आएका थिए । कोलम्बियाको पहाडी इलाकामा ठोक्किएर भएको विमान दुर्घटना इन्धन अभावको कारण भएको बताइएको छ ।

दुर्घटना हुनु अगाडि विमानका चालकले विमानमा इन्धनको अभाव भएको र इन्जिनले काम गर्न छाडेको सुचना ‘कन्ट्रोल टावर’मा पठाएको जानकारी दिएका थिए । कोलम्बियाका सञ्चारमाध्यमले बुधबार जनाएअनुसार मेडेलिन नजिकै दुर्घटना हुनु अगाडि विमानका चालकले “यहाँ इन्जिनले काम गर्न छाड्यो, इन्धन पनि छैन,” भनेका थिए ।

दुर्घटनामा परी दक्षिण अमेरिकाको दोस्रो ठूलो फुटबल प्रतियोगिताका लागि गएका ब्राजिलका फुटबल खेलाडी र २० जना पत्रकारलगायत ७१ को मृत्यु भएको थियो । यस दुर्घटनालाई खेलको इतिहासमा नै अत्यन्त दुखद घटनाका रूपमा लिइएको छ ।

प्रकाशित मितिः २०७३ मंसिर १८

वि.सं.२०७३ मंसिर १८ शनिवार २२:०५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...