back
NMB ad

सेयर बोक्ररको कमिशन घट्यो, नियमावलीमै तोकियो शुल्क !

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डको प्रस्तावमा अर्थ मन्त्रालयले सेयर कारोबारमा ब्रोकरका लागि तिर्नुपर्ने शुल्क घटाएकोछ । धितोपत्र व्यवसायी नियमावली संशोधन गर्दै मन्त्रालयले बोक्ररले पाउने कमशिन कटौती गरेको हो ।

अब लगानीकर्ताले ५० हजार रुपैयाँसम्म सेयर कारोबार गर्ने लगानीकर्ताले ०।६० प्रतिसतका दरले कमिशन तिर्नुपर्छ । त्यस्तै ५० हजार भन्दा माथि पाँच लाखसम्मको कारोबार गर्नेले ०।५५ प्रतिशत, पाँच देखि २० लाखसम्मको कारोबार गर्नेले ०।५० प्रतिशत, २० लाख देखि एक करोड रुपैयाँसम्म कारोबार गर्नेले ०।४५ प्रतिशत र एक करोड रुपैयाँ भन्दा माथिको कारोबार गर्नेले ०।४० प्रतिशतका दरले कमिशन तिर्नु पर्ने छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले यो नयाँ कमिशन दर लागु गर्नेछ । यो कमिशन दरलाई छिटोभन्दा छिटो लागु गर्न धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको छ ।

नयाँ व्यवस्थामा साना लगानीकर्तालाई बढी र ठूला लगानीकर्तालाई कम दरमा कमिशन लाग्ने भएको छ । सानाले ०।६० प्रतिशत र ठूलाले ०।४० प्रतिशत कमिशन तिर्नुपर्छ । यसका साथै, धितोपत्र बोर्डलाई ब्रोकरले ०।६ प्रतिशतका दरले शुल्क बुझाउनु पर्ने नयाँ व्यवस्था गरिएको छ । यस अघि बोर्डलाई शुल्क तिर्नु पर्दैनथ्यो ।

६ साउन २०७३, ९।००

वि.सं.२०७३ साउन ६ बिहीवार ११:३५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...