back
NMB ad

तपाईलाई कुन कम्पनीको सेयर किन्न मन छ ? तयार बस्नुहोस् सबैले जारी गर्नेछन् सेयर

Kumari bank ad

काठमाण्डौं । सरकारले आगामी आर्थिक बर्षभित्र वास्तविक क्षेत्रका कम्पनीहरुको सेयर निस्कासन अनिवार्य गर्ने भएको छ। कानुन नै संशोधन गरेर सरकारले ती कम्पनीहरुलाई अनिवार्य रुपमा सर्वसाधारणमा सेयर जारी गर्न वाध्य पारिन लागेको हो।

सरकारले ‘वित्तीय क्षेत्र विकास रणनीति’ पारित गर्दै पूँजी बजारको विकासका लागि वास्तविक क्षेत्रलाई सेयर जारी गर्न वाध्यात्मक व्यवस्था गर्न लागेको हो। यसका लागि सरकारले नेपाल धितोपत्र वोर्ड, अर्थ र उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण र वाणिज्य विभागलाई कार्यादेश दिएको छ।

सरकारले आर्थिक बर्ष २०७३/७४ देखि २०७७/७८ सम्मको रणनीति अनुसार शेयर जारि गर्न वाध्यात्मक व्यवस्था गर्न लागेको हो। सरकारले सेयर जारी गराउनका लागि ऐन नियम संशोधनदेखि निर्देशनसम्म जारी गर्ने रणनीतिमा उल्लेख गरेको छ।

सरकारले नियमावली संशोधन गरेर सर्वसाधारणमा सेयर जारी गर्न स्वतन्त्र मूल्य प्रणालीसमेत लागू गर्ने भएको छ। सरकारले स्वतन्त्र मूल्य प्रणाली आगामी आर्थिक बर्षभित्र लागू गर्ने उल्लेख गरेको छ।

सरकारले अन्तर्राष्ट्रिय अभ्यास अनुकुल हुने गरि सामूहिक लगानी कोषको आयमा लाग्ने करमा सुविधा दिने योजना बनाएको छ। यो व्यवस्था आउँदो आर्थिक बर्षको बजेटमै समेटिने छ। सरकारले ओपन इण्ड म्युतुअल फण्ड, भेञ्चर क्यापिटल र प्राइभेट इक्विटी जारि गर्ने वातावरणसमेत बनाउने भएको छ। यसका लागि सरकारले चालु आर्थिक बर्षभित्रै नियमावली तयार गर्ने जनाएको छ।

२४ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ २४ सोमवार १३:५४ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...