back
NMB ad

अब उद्योग खोल्न या खारेज गर्न धेरै नै सजिलो !

Kumari bank ad
काठमाण्डौं । नेपाल सरकारले निष्क्रिय रहेका उद्योगहरुको दर्ता खारेजी प्रक्रियालाई सहज बनाएको छ । कम्पनी ऐनको दफा १ सय ३६ को ‘क’मा थप गरी विभिन्न कारणले निष्कृय रहेका एकल, संयुक्त जुनसुकै कम्पनीलाई आवश्यक विवरण तथा लगत बुझाई फर फारक सहित बाहिरिन सक्ने व्यवस्था गरिएको हो।
थप गरिएको व्यवस्था अनुसार कारोबार संचालनमा नरहेका वा नगरेका कम्पनीहरुले ऐन लागू भएको एक बर्षभित्र सम्पूर्ण बस्तु वा कम्पनीको चुक्ता पुँजीको एक प्रतिशत मध्ये जुन कम हुन्छ सो रकम तिरी दर्ता खारेज गर्न सक्ने छन्।  विगत लामो समय देखि विभिन्न व्यापारिक संस्था उद्योगीहरुले आफ्ना निष्कृय रहेका कम्पनीहरुबाट बाहिरिन सहज वातावरण बनाउन मन्त्रालयलाई दवाव दिँदै आएका थिए।
 उद्योग मन्त्रालयमा आईतबार पत्रकार सम्मेलन गर्दै मन्त्री नविन्द्रराज जोशीले ऐनमा भएको संसोधनले खराब अवस्थामा रहेका उद्योगको वहिर्गमन सहज बनाउने र राजश्व संकलनमा वृद्धि हुने वातावरण बनेको बताए।
मन्त्रिपरिषद विधेयक समितिले कम्पनी ऐन २०६३ लाई संसोधन गर्न सैद्धान्तिक स्वीकृति दिएपछि संसोधन गर्नु पर्नाको कारण सहित संसोधन विधेयक संसदमा पेश हुनेछ। संसोधित ऐन संसदले पास गरेको मिति देखि एक बर्ष सम्मका लागि मात्रै लागु हुने छ। यो संसोधन दीर्घकालिन व्यवस्था नभई उद्योगीहरुलाई विशेष मौका श्रृजना गरिएको मन्त्रालयको भनाई छ।

वि.सं.२०७३ कात्तिक १ सोमवार १२:५३ मा प्रकाशित

You can share this post!

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का   

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का   

वि.सं.२०८० चैत ६ मंगलवार ०७:१२

काठमाडौँ, ६ चैत : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक...

सहकारीको यकिन तथ्याङ्क निकाल्न मन्त्रालयले पहल गर्छः मन्त्री अधिकारी   

सहकारीको यकिन तथ्याङ्क निकाल्न मन्त्रालयले पहल गर्छः मन्त्री अधिकारी   

वि.सं.२०८० चैत ६ मंगलवार ०७:०५

काठमाडौँ, ५ चैत : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

पुँजीगत खर्च वृद्धि गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह   

पुँजीगत खर्च वृद्धि गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह   

वि.सं.२०८० चैत ६ मंगलवार ०६:५८

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सले पुँजीगत खर्चमा वृद्धि गरी...

कुमारी बैंकले सुरु गर्याे रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर सुविधा

कुमारी बैंकले सुरु गर्याे रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर सुविधा

वि.सं.२०८० चैत ६ मंगलवार ०६:५३

काठमाडौं । कुमारी बैंक लिमिटेडले, आफ्नो नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग...

निसीखोला बस दुर्घटना : नौ जनाको मृत्यु, २८ घाइते   

निसीखोला बस दुर्घटना : नौ जनाको मृत्यु, २८ घाइते   

वि.सं.२०८० चैत ६ मंगलवार ०६:४६

ढोरपाटन (बागलुङ), ६ चैत : बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको...

साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै   

साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै   

वि.सं.२०८० चैत ६ मंगलवार ०६:४२

काठमाडौँ, ६ चैत : सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति...