काठमाण्डौं । व्यवस्थापिका संसदको विकास समितिले समयमा काम नगर्ने ठेकेदार र कम्पनीलाई कालो सूचीमा राख्न सडक विभागलाई निर्देशन दिएको छ । ठेक्का लिने र समयमा काम नसक्ने तथा भेरिएसन गराएर काम नगरेको भन्दै समितिले त्यस्ता ठेकेदारलाई कालो सूचीमा राख्ने निर्देशन दिएको हो।
त्यस्तै समितिले करार बमोजिम काम नगर्ने, लापरवाही गर्ने र ठेकेदारसँग अन्योन्याश्रित सम्वन्ध भएका कर्मचारीलाई विभागिय कार्वाही गर्न भौतिक योजना मन्त्रालय र सडक विभागलाई निर्देशन दिएको छ।
१९ माघ २०७३, २।००
वि.सं.२०७३ माघ १९ बुधवार १५:१९ मा प्रकाशित