back
NMB ad

विद्युत महसुल नतिर्नेको सहकारीले लाईन काट्यो

Kumari bank ad

कञ्चनपुर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–३ मा रहेको सयपत्री ग्रामीण विद्युतीकरण सहकारी संस्थाले लामो समयदेखि विद्युत्को महसुल नतिर्ने ग्राहकको विद्युत् लाइन काटन सुरु गरेको छ । पाँच महिनाभन्दा बढी समयदेखि विद्युत्को महसुल नबुझाउने उपभोक्ताको सहकारीले लाइन काट्न सुरु गरेको हो ।

पाँच महिना बढी समयदेखि विद्युत्को महसुल नतिर्ने १७ जना उपभोक्ताको दुई दिनको अवधिमै लाइन काटेको सहकारीका कार्यालय व्यवस्थापक आशिष चौधरीले बताए । “अन्य महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गर्दैछौँ”– उनले भने । पुनः लाइन जडानका लागि बक्यौतासहित उपभोक्ताले महसुलसँगै ५०० जरिवाना बुझाउनुपर्ने नियम बनाएको छ । बक्यौताबापत सहकारीले कुल महसुलको २५ प्रतिशत रकम लिँदै आएको छ ।

सहकारीमार्फत विद्युत् उपभोग गर्दै आएका तीन सय १२ उपभोक्ता छन् । सहकारीले नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् खरिद गरी उपभोक्तालाई आपूर्ति गर्दै आएको छ । कञ्चनपुरमा विद्युत् आपूर्ति गर्ने सहकारीको सङ्ख्या २२ रहेको छ । सहकारीका लागि विद्युत् आपूर्ति गर्नका लागि डेनमार्क सरकारको सहयोग नियोग डानिडाले पूर्वाधार निर्माण गरेको हो । रासस

६ फागुन २०७२, १२.००

वि.सं.२०७२ फागुन ६ बिहीवार १२:४३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...