back
NMB ad

मानसिक रोगी छोरालाई थुन्न सहकारीबाट ऋण

Kumari bank ad

दोलखा । स्थानीय जुँगु–४ का एक युवक फलामे खोरमा १५ महिनादेखि थुनिएर बसेका छन् । मानसिक सन्तुलन गुमाएका ४० वर्षीय श्यामबहादुर भुजेल यतिबेला फलामे खोरभित्र आफ्ना दिनहरु कटाइरहेका छन् ।

उनले दिसापिसाब खोरमै गर्ने गरेका छन् । परिवारको आर्थिक अवस्था ज्यादै नाजुक भएकै कारण उपचार गर्न छोडेर उनलाई फलामे खोर बनाएर थुन्न परेको श्यामका भाइ छत्रबहादुर भुजेलले बताएका छन् ।

भाइ छत्रबहादुर भन्छन् – “घरको आर्थिक अवस्था ज्यादै नाजुक छ । सामान्य दालभात खान नै मुस्किल छ । दाइको उपचार गराउँदा गराउँदै भएको रकम सकियो । अहिले औषधि खान छोडेसँगै दाजुले गाउँमा विध्वंश मच्चाउँछ ।”

गाउँलेको घर अगाडि थुपारिएको परालमा आगो लगाउने, बाटो हिँड्ने मानिसलाई ढुङ्गाले हान्ने जस्ता कार्य गर्ने गरेपछि उनलाई खोरभित्र थुनेर राख्न बाध्य भएको परिवारजनको भनाइ छ ।

विगत आठ वर्षदेखि सामान्य रहेको उनको अवस्था भूकम्पपछि धेरै बिग्रन पुगेको स्थानीयवासी बताउँछन् । खोरमा थुनेर नराख्दा गाउँभरिका मानिसलाई दुःख दिएका कारण उनको परिवारले जरिवानास्वरुप करिब एक लाख रुपैयाँ तिरी नै सकेको भाइले बताए् । बाहिर बारीमा खोर बनाएर राखिएको र बिहान–बेलुकी जे जस्तो भएको पकाएर खुवाउने गरेको उनकी आमा जगतमाया भुजेल बताउँछिन् ।

उनी भन्छन् – “मानिस हो । पशु सरह खोरमा थुनेर राख्न कसलाई मन हुन्छ र १ पैसा नभएका कारण उपचार गर्न सकिएन ।” छोरो थुन्न फलाम किन्नकै लागि गाउँमा रहेको जनउपकार सहकारी संस्था लिमिटेडबाट २० हजार रुपैयाँ ऋणसमेत लिएको जगतमाया बताउँछिन् । उनलाई फलामको प्वालबाट खाना खान दिने गरिएको छ । वर्गाकार फलामे खोरमा ताला लगाउने चुकुल राखिएको छ । ताला भने कहिल्यै खोल्ने नगरेको आमा जगतमाया बताउँछिन् । अहिले परिवारजन भने कोही मनकारीले उपचार गरिदिए हुन्थ्यो भन्ने आशामा छन् । रासस

माघ २९, २०७२, २.००

वि.सं.२०७२ माघ २९ शुक्रवार १४:३१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...