back
NMB ad

इलाममा गाई पनि रेडियो सुन्छन्,कृषकहरु मन्त्रमुग्ध !

Kumari bank ad

लाम । गाई पनि रेडियो सुन्छन् भन्दा तपाई पत्याउनुहुन्नहोला । तर इलाममा जब गाईले रेडियो सुन्छन् ‘पाउर काडेर’ ( फिँज काडेर) मस्त हुन्छन् । सफा, चटक्क परेको गाईगोठ देखेर यहाँ घुम्न आउने अनेकौँ कृषकहरु मन्त्रमुग्ध हुन्छन् र नयाँ प्रविधि र तरिका सिकेर फर्किन्छन् ।

गाईलाई तनावमुक्त वातावरण तयार गर्न इलामको सूर्योदय नगरपालिका–३ स्थित भालुखोपको त्रिबदर्श गाई फार्ममा रहेका उन्नत जातका गाईले विभिन्न एफएम रेडियोको भजन र आधुनिक गीत सुनेर मनोरञ्जन लिन्छन् ।

त्रिबदर्श गाई फार्मका सञ्चालक कुमार रेग्मीले गाईलाई कुनै पनि प्रकारको ध्वनिले तनाव नदिनका लागि विभिन्न एफएम रेडियो सुनाएको र त्यसले दूधको उत्पादन नघटेको बताए । उनले त्यहाँ स्थित चियाबारी एफएम, इलाम एफएम, पाथीभरा एफएममा आउने बिहानका भजन र दिउँसो आउने विभिन्न गीत सुनाएर दूध उत्पादनमा कमी आउन नदिन गाईलाई रेडियो सुनाएको जानकारी दिए ।
गाईवस्तु तनावमुक्त भएपछि दूध उत्पादन नघट्ने गरेको उनले बताए ।

सफा, चटक्क परेको गाईगोठमा अनेकौँ कृषक उनले सञ्चालन गरेको फार्मबाट मन्त्रमुग्ध हुन्छन् र नयाँ प्रविधि, तरिका सिकेर फर्किन्छन् ।

व्यावसायिकरुपमा अधिकतम ४० वटा होल्स्टेन नामक उन्नत जातका गाईपालन गरेर दैनिक रु दश हजार ५ सयसम्म आम्दानी गरेका रेग्मीले अहिले दैनिक एक सय ५० लिटर दूध उत्पादन भइरहेको बताए ।

उनले भने ‘ व्यावसायिक गाईफार्ममा दूधबाट मात्रै आम्दानी लिदैनौ, गाईको मल र मूत्रबाट पनि आम्दानी लिइरहेका छौँ ।’ युवा धेरै विदेशिएको अवस्थाले आफ्नै देशमा काम गर्नुपर्छ भन्ने सोचका साथ आफ्ना तीन भाइको सल्लाहमा व्यावसायिक गाई फार्म सञ्चालन भएको जानकारी दिँदै रेग्मीले तत्काल नाफाभन्दा पनि पाँच वर्षको लक्ष्य लिएर फार्म सञ्चालन गरेको बताए ।

उनले परम्परागतरुपमा गरिने गाईपालनबाट लक्ष्य हासिल गर्न कठिनाइ हुने तर्क गर्दै आधुनिक र समयसापेक्ष रुपमा गाईपालन गर्दा कति दाना गाईलाई खुवाउँदा लागत घट्छ त्यसको हेक्का राख्नुपर्ने बताए ।

गाउँघरका धेरै साथी विदेश गए, मलाई पनि जाउँ जाउँ लागेको थियो, तर उनीहरु फर्केपछि पुरानै अवस्थामा आए । त्यही भएर दिगो लाभ लिन मैले गाईफार्म सञ्चालन गर्ने सोच बनाएँ, गाई फार्म सञ्चालनको कारण बताउँदै रेग्मीले सुनाए ।

विसं २०७० देखि तीन दाजुभाइ, कुमार, यमकुमार र अरुण रेग्मीले सञ्चालन गरेको गाई फार्ममा सुरुको चरणमा १० लाखको लगानी भएको थियो तर पछि फार्ममा जम्मा ५० लाखको लगानी भएको थियो ।

गोठ सुधारलगायतका विभिन्न कार्यक्रमबाट पटकपटक अनुदान लिएका रेग्मीले नयाँ प्रविधिमार्फत गाई दुहुनुहुन्छ । ‘मिल्किङ मेसिन’ नामक उपकरण गाईको थुनमा जडान गरेर ६ देखि १५ मिनेटमा दुई वटा गाई दुहुन सकिने जानकारी दिँदै उनले बढीमा २६ लिटरसम्म दूध दुहुन सकिने बताए ।

व्यवसायिक फार्मका लागि ११० रोपनी जग्गा लिजमा लिएर अम्रिसो र नेपियर घाँस उत्पादन गरेर १० केजी सुक्खा घाँसमा दुई केजी हरियो घाँस मिलाएर पशु आहारा पूरा गरेको उल्लेख गरे ।

भारतको पटनाबाट झन्डै रु तीनलाखको लागतमा सो उन्नत जातको गाई भित्र्याएर फार्म सुरु गरेका रेग्मीले ७५ प्रतिशत बिमा गरेका छन् ।

जिल्ला पशुसेवा कार्यालय, धुलिखेलका प्रमुख डा नारायण श्रेष्ठले पशुको मनमा भएको त्रास हटाउन संगीत प्रयोगमा आएको जानकारी दिँदै त्यसबाट उत्पादनमा वृद्धि हुने र पशु स्वास्थ्य पनि राम्रो हुने बताए ।

प्रकाशित मितिः २०७३ चैत २३

वि.सं.२०७३ चैत २३ बुधवार १२:०१ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...