back
NMB ad

एमालेले भन्यो सप्तरी घटनाका मुख्य दोषी गृहमन्त्री, निधिले के भन्लान् अब ?

Kumari bank ad

काठमाण्डौं । नेकपा एमालेले सप्तरी घटनाको विषयमा गृहमन्त्री विमलेन्द्र निधिले स्पष्ट जवाफ दिनुपर्ने माग गरेको छ । पार्टीको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा सोमबार सप्तरीको राजविराजमा प्रहरीसँगको झडपमा तीन जनाको ज्यान गएको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमालेको यस्तो धारणा राखेको हो ।

कार्यक्रममा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र बलका प्रमुखहरुलाई फिर्ता बोलाउने गृह प्रशासनको निर्णयले अझ आशंका बढाएको छ । सुरुदेखि नै गृहमन्त्रीले अभियानप्रति प्रदर्शन गरेको आपत्तिजनक रवैया र भूमिकाको पृष्ठभूमिमा हेर्दा उहाँले यसको जवाफदेहिताबाट उन्मुक्ति पाउने अवस्था छैन।’

घटना सुनियोजित भएको भन्दै पार्टी महासचिव ईश्वर पोखरेलले यसबारे सरकार र मानवअधिकार आयोगले छानबिन गर्नुपर्ने बताए। सप्तरीका सिडिओ र प्रहरी प्रमुखलाई फिर्ता बोलाउने गृह मन्त्रालयको निर्णयले आफूहरु अझ सशंकित भएको महासचिव पोखरेलले बताए । ‘टीकापुर, रंगेली र गौर घटना पुनरावृत्ति गर्नेगरी प्रपञ्च गरिएको छ,’ उनले भने, ‘स्थितिलाई अझ सामान्य बनाउन रंगशालामा हुने कार्यक्रम गजेन्द्र नारायण सिंह ओद्योगिक क्षेत्रमा सार्‍यौं तर अभियानमा सहभागी नेता९कार्यकर्तामाथि घेरा हाली सामूहिक हत्याको प्रयास गरियो।’ एमालेको आरोपलाई गृहममन्त्री बिमलेन्द्र निधिले कस्तो जवाफ दिनेछन् त्यो भने हेर्न बाँकी छ ।

२४ फागुन २०७३, ४।००

वि.सं.२०७३ फागुन २४ मंगलवार १६:४२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...