काठमाडौ । एसियाका ६ वटा देशका टिम सहभागी हुने एसियन प्रिमियर लिग ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ । क्रिकेट कन्ट्रोल बोर्ड अफ चन्ढिगढ पन्जाब (भारत)को आयोजनामा असार ५ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपालसहित भारत, अफगानिस्तान, दुबई, श्रीलंका र बंगलादेशका टोली सहभागी हुनेछन् ।
लिग चरणमा उत्कृष्ट ४ टिम सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताका सबै १९ वटा खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् । प्रतियोगिताको बिजेताले २५ लाख रुपैयाँ, उपबिजेताले १० लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदको सहयोग रहनेछ भने खेलको सोनी सिक्स टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।
प्रकाशित मितिः २०७४ जेठ २८
वि.सं.२०७४ जेठ २८ आइतवार १४:२६ मा प्रकाशित