back
NMB ad

विश्व चर्चित क्रिकेट खेलाडी नेपाल आउँदै ,त्रिवि मैदानमा नेपालसँग ३ वटा म्याच !

Kumari bank ad

काठमाडौ । विश्वचर्चित क्रिकेट खेलाडीले नेपालको त्रिवि क्रिकेट मैदानमा खेल्ने भएका छन् । नेपाली टोली र श्रीलंकाको टोलीबिच हुने ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृखलामा श्रीलंकाका वर्तमान राष्ट्रिय टोलीका खेलाडी र पूर्व राष्ट्रिय खेलाडीले नेपाली टोलीसँग प्रतिष्पर्धा गर्न लागेका हुन् ।

नेपाल र श्रीलंकाबिच दौत्यसम्बन्धको ६० औं बर्षगाठको अवसरमा हुन लागेको प्रतियोगामा श्रीलंकाका विश्वचर्चित खेलाडी समावेश लंकन लायन र नेपाली राइनोजबिच खेल हुन लागेको हो ।

आगामी बैशाख १४, १६ र १८ गते त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमामा हुने खेलमा श्रीलंकाको राष्ट्रिय टोलीका खेलाडीहरु उपुल थारङगा, रंगना हेराथ, डिल्सान मुनावेरा, सचित्रा सेनानायक र चामरा शिल्भादाराले लंकन लायनबाट खेल्नेछन् । यस्तै श्रीलंकाका पूर्व खेलाडी सनथ जयसुर्या, चामिन्दा भास, रोमेस कालुविथर्ना, उपुल चन्दनालगायतका खेलाडीले पनि गोरखाज राइनोजसँग खेल्नेछन् ।

????????????????
????????????????

प्रतियोगिताबारे जानकारी दिन भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान पारस खड्काले विश्वचर्चित खेलाडीसँग नेपाली मैदानमै खेल्न पाउने भएकाले उनीहरुबाट आफूहरुले धेरै कुरा सिक्ने मौका पाउने र नेपालले पनि ठुला प्रतियोगिता गर्न सक्ने रहेछ भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायमा जाने बताउनुभयो । श्रीलंकाको कप्तानी अरविन्द डि सिल्भाले र नेपाली राइनोजको कप्तानी पारस खड्काले गर्नेछन् ।

प्रकाशित मितिः २०७३ चैत ९

वि.सं.२०७३ चैत ९ बुधवार १६:३५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...